अझ जिम्मेवार भएर कार्यसम्पादनमा जुट्न गृहमन्त्रीको निर्देशन « Khabarhub

अझ जिम्मेवार भएर कार्यसम्पादनमा जुट्न गृहमन्त्रीको निर्देशन


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा पनि आफ्नो दायित्व पूरा गर्दै आएको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकको जीवन रक्षा तथा विषम् परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, उद्धार, राहत वितरणलगायतका क्षेत्रमा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

उनले कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रहेर एपिएफ अस्पतालमार्फत् संक्रमितहरुको उपचारमा पुर्याएको योगदानले धेरैले पुनर्जन्म पाएको स्मरण पनि गरेका छन् ।

गृहमन्त्री खाँणले सशस्त्र प्रहरी बल, नेपालले हर्षोल्लासका साथ मनाइरहेको २१ औँ सशस्त्र प्रहरी दिवस विशेष अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई अझ कटिबद्ध र क्रियाशील रहँदै जिम्मेवारीपूर्वक कार्यसम्पादनमा जुट्न निर्देशन पनि दिएका छन् ।

त्यसक्रममा उनले कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बस्नेतलाई योगदानको सम्मान गर्दै उनकी श्रीमती लक्ष्मी र छोरा जनकराजलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : ५६ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय