आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड « Khabarhub

आयल निगमले आईओसीलाई पठायो १३ अर्ब २० करोड


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन –आईओसी)लाई १३ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ ।

सञ्चित बचत शून्यमा झरेपछि तेल किन्नसमेत पैसा नभएको बताएको निगमले सरकारसँग ऋण लिएर सोमबार आइओसीलाई रकम भुक्तानी गरेको हो ।

निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड रुपैयाँ लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आइओसीलाई तिर्न अपुग एक अर्ब ८० करोड रुपैयाँ निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो । कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ ।

निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भए पनि आइतबार आइओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ । नेपालमा वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १ : ३० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट