खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे « Khabarhub

खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सय नाघेको छ । आइतबारसम्म ९४ संक्रमित रहेको जिल्लामा सोमबार १९ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित ११३ पुगेको हो । सोमबार ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा कोभिड पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए ।

कोभिड–१९ को तेश्रो लहरमा संक्रमित भएकामध्ये हालसम्म चार जना संक्रमणमुक्त भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र सक्रिय संक्रमित ७२ छन् । रुपाकोट मझुवागढी नगरपालिकामा सोमबार ५९ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पूष्टि भएको हो । जिल्लाका सक्रिय संक्रमितहरू होमआइसोलेसनमा बसिरहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक लाख १२ हजार आठ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यसमध्ये ६६ हजार ६ सय १२ जनाले दोश्रो मात्रा खोप लगाइसकेका छन् । महामारीको सुरुवातदेखि हालसम्ममा जिल्लामा कुल संक्रमित तीन हजार एक सय ७५ पुग्दा तीन हजार ४४ निको भएको कार्यालयले जनाएको छ । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।

जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा दुई सय ३४ बेड उपलव्ध छ । यस्तै, एक थान भेन्टिलेटर, सात वटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गए पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको गर्न सकेका छैनन् । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ४ : ४५ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका