मन्त्री यादवलाई बर्खास्त गरी कानूनी कारबाही गरियोस् : रञ्जीत कर्ण « Khabarhub

मन्त्री यादवलाई बर्खास्त गरी कानूनी कारबाही गरियोस् : रञ्जीत कर्ण


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

मंगलबार प्रेसनोट जारी गर्दै नेता कर्णले मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक रहेकाले बर्खास्त गरी कानूनी कारबाही अघि बढाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।

‘जनता समाजवादी पार्टी नेतृ तथा मन्त्री यादवको अभिव्यक्ति भत्सर्नायोग्य र खेदजनक छ, त्यसैले निजमाथि पक्राउ गरी अनुसन्धान प्रक्रिया थाल्न म प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष अनुरोध गर्दछु,’ कर्णले भनेका छन् ।

मन्त्रीको जिम्मेवारीमा रहँदा पालना गर्नुपर्ने सामान्य मर्यादा पालना नगरेको टिप्पणी गर्दै संविधानसभा सदस्य कर्णले मन्त्री पदमा बसेर लोकतान्त्रिक व्यवहार प्रस्तुत गर्न यादवलाई चेतावनी दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले माघ ५ गते बुधबार रौतहटमा आयोजित कार्यक्रममा २०६३ चैत ७ मा भएको गौर नरसंहारकाण्ड दोहोर्‍याउने धम्की दिँदै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको हत्या हुन सक्ने अभिव्यक्ति दिएकी थिइन् ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ६ : ४९ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको