सुहाना बनिन् कृष्ण भक्त, ‘ए मेरो हजुर ३’ को कलेक्सन दश करोड ! « Khabarhub

सुहाना बनिन् कृष्ण भक्त, ‘ए मेरो हजुर ३’ को कलेक्सन दश करोड !


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘ए मेरो हजुर ३’ को ‘राधे कृष्ण’ गीत युट्युबमा रिलिज गरिएको छ । फिल्ममा समावेश यो गीतमा झरना थापाकी छोरी सुहाना थापालाई कृष्ण भक्तका रुपमा देखाइएको छ ।

गीतमा प्रतीक पौडेलको संगीत र शब्द सुन्न सकिन्छ भने प्रविशा अधिकारी र सुरज लामाले स्वर दिएका छन् । यस्तै भिडियोमा कविराज गहतराजको कोरियोग्राफी देख्न सकिन्छ ।

सुनीलकुमार थापाले निर्माण गरेको यो फिल्ममा अनमोल केसी र सुहाना थापाको जोडी रहेको छ । फिल्ममा सुहाना र अनमोलले आर्या र प्रेमको भूमिकामा अभिनय गरेका छन् । सुहानाका लागि यो डेब्यु फिल्म हो भने उनले अभिनयका कारण चर्चा पाएकी छिन् ।

यसैबीच यो फिल्मले आजसम्म झण्डै दश करोड कमाइ गरेको बताइएको छ । स्रोतका अनुसार यो फिल्मले नेपालबाट मात्र ९ करोड ६३ लाखको ग्रस कलेक्सन गरेको छ । पछिल्लो समय फिल्म व्यावसायिक रुपमा असफल रहेका बेला  फिल्मले उच्च व्यापार गरेको थियो । ‘ए मेरो हजुर ३’ ले व्यावसायिक सफलता पाए पनि समीक्षकबाट भने तारिफ पाउन सकेन ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ५ : ०४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका