लुम्बिनीमा मतगणना सुरु, मधेशमा गणना हुँदै « Khabarhub

लुम्बिनीमा मतगणना सुरु, मधेशमा गणना हुँदै


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– राष्ट्रिय सभाको तीन सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका लागि मतदान स्थल तोकिएको थियो ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

यस्तै राष्ट्रिय सभाको दुई सदस्य चयनका लागि मधेश प्रदेशमा भएको निर्वाचनको मतगणनाको तयारी थालिएको छ । बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनमा ९८ प्रतिशतभन्दा बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कुल मतदाता ३७२ जना रहेकोमा ३ सय ६६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए ।

बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा निर्धारित समयमा ६ जनाले मतदान नगरेको प्याकुरेलले बताए । मतदान नगर्नेमा चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेका छन् ।

निर्धारित समयमा ६ जना नआएकाले अब उनीहरुले मत खसाउन नपाउने प्याकुरेलले बताए ।

मधेस प्रदेशमा २६८ जना स्थानीय तहका मतदाता रहेकोमा १३२ पुरुष र १३२ महिलाले मतदान गरेका छन् । त्यस्तै प्रदेशसभाका १ ०२ सदस्यले मतदान गरेका छन् । मतदान सकिएसँगै अपरान्ह साढे ३ बजेपछि मतगणना हुने प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : ४१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते