राष्ट्रियसभा चुनावको परिणाम आउन थाल्यो, प्रदेश १ मा राई विजयी « Khabarhub

राष्ट्रियसभा चुनावको परिणाम आउन थाल्यो, प्रदेश १ मा राई विजयी


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राष्ट्रियसभाको चुनावअन्तर्गत प्रदेश १ बाट महिलातर्फ सत्तापक्षीय जयन्ती राई विजयी भएकी छन् ।

नेकपा एकीकृत समाजवादीकी उम्मेदवार राईले एमालेकी सुमित्रा भण्डारीलाई ३ सय ३० मतभार अन्तरले पराजित गरेकी हुन् । भोजपुरकी राई र झापाकी भण्डारी चुनावी मैदानमा थिए ।

राईले प्रदेश सभाका ५२ जनाको मत पाएकी छन् भने स्थानीय तहका १२२ जनाको मत प्राप्त गरेकी छन् । उनले प्राप्त गरेको कुल मतभार ४ हजार ६ सय ९२ हो ।

एमालेकी भण्डारीले प्रदेश सभाका ३८ र स्थानीय तहका १४१ गरी ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेकी छन् । राई विजयी भए पनि औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ४ : ५६ बजे

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी