बजेटले जनताको अपेक्षा सम्बोधन गरेको छः अर्थमन्त्री खतिवडा « Khabarhub

बजेटले जनताको अपेक्षा सम्बोधन गरेको छः अर्थमन्त्री खतिवडा


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको अपेक्षालाई सम्बोधन हुने गरी आगामी आर्थिक वर्ष २०६६/०६७को बजेट ल्याइएको बताएका छन् ।

उनले जनताको तत्कालीन र दीर्घकालीन अपेक्षाहरुलाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको स्पष्ट पारेका हुन् । बिहीबार अर्थ मन्त्रालयमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग संयुक्त पत्रकार सम्मेलन गरी उनले जनताको तत्कालीन समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगायतका क्षेत्रलाई बजेटले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

उनले जनताका दीर्घकालीन समस्या समाधानका लागि कृषि, उद्योग, पर्यटन, उर्जा क्षेत्रको विकासमा जोड दिइएको पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले बजेटले आगामी आर्थिक वर्ष भित्र ७० वटा जिल्लालाई पूर्ण साक्षार जिल्लाको रुपमा घोषणा गर्न ५ अरव बजेटको व्यवस्था गरेको पनि स्मरण गराए ।

त्यसैगरी स्वास्थ्य क्षेत्रको विकासका लागि २२ प्रतिशत बजेट पुर्‍याइएको बताए । अर्थमन्त्री खतिवडाले बजेटले मौलिक हकसँग सम्बन्धित रोजगारीको समस्या समाधानका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता दिइएको पनि बताए ।

उनले गरिव र विपन्न वर्गलाई लक्षित गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइएको स्पष्ट पारे । बजेटमा राज्यले संरक्षण गर्नुपर्ने जेष्ठ नागरिक, अपांग नागरिक, एकल महिलाहरुलाई दिइदै आएको भत्ता एक हजारका दरले वृद्धि गरिएको छ ।

अर्थमन्त्री खतिवडाले राज्यले संरक्षण गर्नुपर्ने नागरिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत दिइँदै आएको भत्तामा वृद्धि गरिएको पनि बताए ।  युवा परिचालन, महिला हिंसा अन्त्य लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरिएको छ । अर्थमन्त्री खतिवडाले कृषिलाई आधुनिकीकरण गर्न कृषि कर्जाको पनि व्यवस्था बजेटमा गरिएको पनि बताए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ४ : ५९ बजे

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका

रुसी तेल पाइपलाइन खोल्न इयूको दबाब ‘ब्ल्याकमेल’ भएको जेलेन्स्कीको भनाइ

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना युरोपेली सहयोगीहरूलाई रुसी

समानुपातिक सांसदका लागि यी हुन् कांग्रेसबाट सिफारिस २० जना

काठमाडौं- नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यका लागि २० जना नेताहरूको

‘चुनावी सुनामीले कांग्रेसलाई बगायो, अन्तरघात मात्रै कारण होइन’

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले २०४८ यता जित्दै

यी हुन् समानुपातिकतर्फ रास्वपाबाट सिफारिस ५७ जना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको