इजिप्ट अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा « Khabarhub

इजिप्ट अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि भएको पेनाल्टी सुट आउटमा आइभरी कोस्ट ५–४ गोल अन्तरले पराजित भएको हो । यो जितसँगै इजिप्ट अन्तिम आठमा पुगेको छ ।

निर्धारित र अतिरिक्त समयमा गोल हुन नसकेपछि भएको पेनाल्टीमा इजिप्टका मोहमद सलाह, जिजो, अमर एल सोलिया, ओमार कमाल र मोहमद अब्देलले गोल गरे ।

आइभरी कोस्टका निकोलस पेपे, इब्राहिम सांगारे, म्याकस्वेल कर्नेट र विलफ्रेड जाहाले गोल गर्दा एरिक बाइ पेनाल्टीमा चुके । एरिक पेनाल्टीमा चुक्नु नै आइभरी कोस्टका लागि घातक बन्यो ।

अब इजिप्टको भेट मोरक्कोसँग हुनेछ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ५ : ३० बजे

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको