प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार « Khabarhub

प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ ।

अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार आइतबारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा रोग विशेषज्ञ डाक्टरद्वारा उपचार हुनेछ । अस्पतालमा दुई विशेषज्ञ डाक्टरले सेवा प्रदान गर्ने जनाइएको छ ।

सरकारी स्वामित्वको प्रदेश अस्पतालबाट आँखा रोगसम्बन्धी सेवा प्रवाह गर्ने नेपालमै पहिलो प्रदेश अस्पतालका रुपमा रहेको निर्देशक खड्काको दाबी छ ।

प्रदेश अस्पताललाई आँखा रोगसम्बन्धी उपचारका लागि आवश्यक उपकरण खरिदलगायतका पूर्वाधार व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले रु २० लाख बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १० : ३० बजे

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा

पदाधिकारीमा महिला एमालेको ‘देखाउने दाँत’ मात्रै, केन्द्रीय कमिटीमा कति समेटिए ?

काठमाडौं– नेपालको संविधानको धारा २६९ उपधारा (४) अनुसार राजनीतिक दलहरूले

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले