एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश | Khabarhub Khabarhub

एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

सिलवालले एमाले ललितपुरको आठौं अधिवेशनमा अध्यक्षमा दाबी गरेको थिए । उनी हाल बागमती प्रदेश कमिटी सदस्य छन् । सिलवाल ३ जेठ ०७७ मा जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए ।

उनी साविकको गोदावरी गाविसका दुई कार्यकाल अध्यक्षसमेत भएका थिए । ०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार भएका सिलवाल नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १ : ४० बजे

प्रचण्डले कार्यकर्तालाई अँगालो हाल्दा माधवलाई सकस

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकजना कोटधारी नेतालाई घप्लक्कै

भाइरल बनेको ‘अमला काण्ड’मा ‘पत्रकारिता’को कन्तबिजोग !

काठमाडौं– सामाजिक सञ्जालमा यतिबेला ‘अमला काण्ड’ भाइरल छ । झापा

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर

चराविद् पौड्यालको स्मृतिमा चित्रकला प्रदर्शनी

काठमाडौं – कलाकार, चराविद् तथा साहित्यकार हेम पौड्यालको प्रथम स्मृति

जसपा नेपालको कार्यकारिणी समिति बैठक लम्बियो

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप