नेपाली फुटबल टोली मलेसिया प्रस्थान « Khabarhub

नेपाली फुटबल टोली मलेसिया प्रस्थान


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली मलेसिया प्रस्थान गरेको छ । मलेसिया प्रस्थान गरेको ३४ सदस्यीय टोलीलाई बुधबार अखिल नेपाल फुबटल संघ (एन्फा)ले विदाई गरेको हो । विश्वकप फुटबल २०२२ को छनोटको अभ्यास खेलका रुपमा लिइएको नेपाली टोलीले मलेसिया र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीले जुन २ मा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने जुन ६ माप चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । केही समय अगाडि कुवेतसँग मैत्रीपूर्ण खेल खेलेको नेपाली टोलीले यो महिना २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । भदौमा हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका रुपमा यो प्रतियोगितालाई लिएका कारण राम्रो खेल प्रस्तुत गर्न एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई सुझाव दिएका छन् ।

यस्तै, उनले खेलाडीको सेवा र सुविधका विषयमा कुनै कसर बाँकी नछाड्ने प्रतिवद्धता पनि जनाएका छन् । नेपाली फुटबलको इतिहासमै पहिला पटक विश्वकप छनोटको पहिलो चरण नखेली दोस्रो चरण प्रवेश पाएका हामीले छनोट चरणमा बलियो उपस्थिति जनाउनु पर्नेमा अध्यक्ष शेर्पाले जोड दिए ।

यस्तै, विदाई कार्यक्रममा सहभागी भएका युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले खेलाडीको प्रदर्शनले मात्रै खेलको विकास सम्भव भएको उल्लेख गरे । उनले भने,‘विश्वमा सबैभन्दा धेरै लोकप्रिय खेल फुटबल हो । यसका लागि देशको भूगोल सानो ठूलोले असर गर्दैन् । तर, खेलाडीले राम्रो खेल्यो र राज्यले लगानी गर्न सके राम्रो गर्न सकिन्छ । तपाईहरु मनोवल उच्च बनाएर खेल्नु होला नतिजा आफ्नै पक्षमा आउँछ ।’

यस्तै, अध्यक्ष शेर्पाले भने,‘हामीले संघका लागि जतिसुकै राम्रो काम गर्यौं नीतिगत कुरामा सुधार ल्यायौं । त्यसले कुनै असर पार्दैन तर, राष्ट्रिय टोलीको खेलमा राम्रो गर्न सके संघले गरेको राम्रो काममा पनि सन्तुष्ट हुन सकिन्छ । तर, राष्ट्रिय फुटबल टोलीले मैदानमा राम्रो गर्न नसके संघले जतिसुकै ठूलो काम गरेपनि त्यसलाई सफलता भन्न मिल्दैन् ।’

नेपालले खेल्न लागेको मलेसिया फिफा वरियतामा नेपालभन्दा कमजोर भएपनि राष्ट्रिय टोलीमा भने सन् २००८ पछि पहिलो पटक नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको फिफा वरियता १ सय ६८ औं स्थानमा रहेको छ भने चाइनिज ताइपेइ १ सय २५ औं स्थानमा रहँदा नेपाल फिफा वरियतामा १ सय ६१ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ६ : १६ बजे

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान

इनिशा हत्या प्रकरणबारे महानिरीक्षक कार्की- तथ्यका आधारमा अनुसन्धान भइरहेको छ

काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुर्खेतमा भएको इनिशा

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ