प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने « Khabarhub

प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ ।

मन्त्रालयले सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने जनाएको छ ।

‘सार्वजनिक स्थलमा कुनै व्‍यक्तिको अनुमतिविना कुनै प्रकारको तस्बिर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्‍यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्‍यक्तिको अनुमति/सहमति विना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्‍यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  ९ : २८ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका