काठमाडौँमा नक्कली मास्क बिक्री गर्ने समातिए | Khabarhub Khabarhub

काठमाडौँमा नक्कली मास्क बिक्री गर्ने समातिए


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँमा नक्कली मास्क बिक्री गर्दै आएका चार जना पक्राउ परेका छन् ।

त्रिपुरेश्वरमा विदेशी मास्कको नक्कल गरी कम गुणस्तरको मास्क बनाएर बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ३४ वर्षीय वुद्धिबहादुर कार्की, काठमाडौँ भोटेबहाल बस्दै आएका भारत राजस्थानका यश अग्रवाल, २० वर्षीय श्रीयान्स लावती र ललितपुर सातदोबाटोस्थित अनेष्ट सप्लायर्सका म्यानेजर संखुवासभाका २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेका छन् ।

महालक्ष्मी इशान इन्टरप्राइजेजबाट चार हजार १९४ थान र अनेष्ट सप्लायर्सबाट एक हजार ९२० थान नक्कली थ्रीएम मास्क बरामद् गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  १० : ०० बजे

बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ?

काठमाडौं– मानिसहरू प्रायः उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागती

दाजुको हत्या गरी फरार युवक पक्राउ

सिराहा– पारिवारिक विवादका क्रममा दाजुको हत्या गरी फरार एक युवकलाई

थाइल्याण्ड र कम्बोडियाका नेताबीच मलेशियामा शान्ति वार्ता शुरु

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ

एक बिघामा १५ लाखको केरा उत्पादन

टीकापुर– कैलालीको टीकापुर–४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर

सर्पको टोकाइबाट एक जनाको मृत्यु

घोराही– दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।