शुक्रबार यसो गरे आर्थिक लाभ मिल्नेछ « Khabarhub

शुक्रबार यसो गरे आर्थिक लाभ मिल्नेछ


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज शुक्रबार । हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग-अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख-शान्ति तथा मनोकांक्षा पूरा हुनेछ ।

शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ । शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ६ : ४३ बजे

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ

पहिलोपटक आहा रारा पोखरा गोल्डकप फ्लडलाइटमा

पोखरा- पोखरा रंगशालामा पहिलोपटक फ्लडलाइटमा फुटबल खेलाइएको छ । मोफसलको