केन्द्र सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्‍योः सभापति देउवा « Khabarhub

केन्द्र सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्‍योः सभापति देउवा


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संघीयताको पक्षमा नरहेको बताएका छन् । सभापति देउवाले सरकारले संघीयताको अपमान हुने गरी बजेट ल्याएको भन्दै आपत्ति जनाए ।

बिहीबार पार्टीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले सिंहदरबारको अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा ओली सरकारले कटौति गरिरहेको आरोप पनि लगाए । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले नै संघीय सरकारले अधिकार नदिएको गुनासो गरिरहेको सभापति देउवाले बताए ।

सभापति देउवाले संघीयता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहे सरकारलाई हटाउने गरी आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै त्यसका लागि तयार रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

सभापति देउवाले लोकतन्त्रलाई आत्मासात नगरेकाले काँग्रेसले राजतन्त्र हटाएको स्मरण गराउँदै प्रजातन्त्र र राजतन्त्रसँगै हिँडने अवस्था नभएपछि राजतन्त्र हटाइएको र ओली सरकारले पनि लोकतन्त्रको विरोध गरिरहे हटाउने चेतावनी दिए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ७ : २४ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी