अर्थतन्त्रलाई सुदृढ बनाउन भारतले ल्यायो विभिन्न कार्यक्रम « Khabarhub

अर्थतन्त्रलाई सुदृढ बनाउन भारतले ल्यायो विभिन्न कार्यक्रम


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली–भारतले आफ्नो लोककल्याणकारी कार्यक्रम र आर्थिक पुनर्रुत्थानका माध्यमबाट नागरिक सशक्तिकरण गराउने र व्यवसायका लागि उपयुक्त वातावारण निमार्ण गर्ने विश्वास गरिएको छ । कोरोना महामारीपछि थला परेको अर्थतन्त्रलाई सुदृढ बनाउन भारत सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको छ।

साउदी पत्रिकामा प्रकाशित समाचार अनुसार भारत सरकारले व्यवसाय सुरु गर्न चाहने उद्यमीहरुलाई पनि लगानी उपलब्ध गराउने भएको छ । भारत सरकारले आफ्नो आर्थतन्त्र सुधारका लागि आर्थिक वृद्धि तथा पुनरुत्थान रणनीति अपनाएको साउदी गजेटले जनाएको छ ।

साउदी गजेटले भारतको वर्तमान सरकारले अर्थतन्त्रका विभिन्न प्यारामिटरमा उल्लेख्य सुधार ल्याएको जनाएको छ । विदेशी लगानीमा वृद्धि गर्नुका साथै सार्टटपहरुका लागि पनि लगानी उपलब्ध गराउने, व्यवसायीहरुका लागि सकारात्मक वातावरण निमार्ण गर्नेदेखि इज अफ डुइंग बिजनेसमा पनि सुधार गरिरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले गरिबको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कल्याणकारी योजनाहरु पनि ल्याइरहेको छ । प्रधानमन्त्री आवास योजना यही कार्यक्रमको एक हिस्सा भएको जनाएको छ । यस कार्यक्रमको मुल उद्देश्य ग्रामिण क्षेत्रमा रहेका गरिब तथा विपन्न वर्गलाई सुरक्षित आवासको सुनिश्चिता गर्नु रहेको छ ।

भारत सरकारले सन् २०२२ को अन्त्यसम्म हरेक भारतीयलाई सुरक्षित आवासको व्यवस्था गर्नका लागि यो कार्यक्रम लागु गरेको जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  २ : १० बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’