कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै « Khabarhub

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

गत मंसिरमा सम्पन्न १४ औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय समितिको बैठक यसअघि दुईपटक सम्पन्न भइसकेको छ भने कोभिड–१९ को बढ्दो संक्रमणका कारण तेस्रो बैठक भर्चुअल माध्यमबाट हुन लागेको हो ।

पार्टीको १४ औँ महाधिवेशनमा १३४ पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो भने ३३ सदस्य केन्द्रीय सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । त्यसमध्ये प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले विधानबमोजिम १३ सदस्य मनोनीत गरिसकेका छन् ।

कांग्रेस विधानको दफा २३ अनुसार केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, पदेन सदस्य हुने व्यवस्था छ । त्यस्तै, सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि ३१ सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्नेछन् ।

उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्ने विधानको व्यवस्था छ । संसदीय दलको नेता र केन्द्रीय प्रवक्ता केन्द्रीय कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा कम्तीमा एकपटक बस्नेछ ।

कांग्रेसमा हाल सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १३ पदाधिकारी छन् भने कोषाध्यक्ष र प्रवक्ता मनोनीत हुन बाँकी छ । कांग्रेस संसदीय दलको नेता सभापति देउवा नै भएकाले केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय बन्नेछ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  २ : ३५ बजे

राष्ट्र बैङ्कले तीन अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको तीन

सुनका गहना चोरी गर्ने पक्राउ

काठमाडौं– नेपाल प्रहरीले मध्यवानेश्वरमा सुन चाँदीका गरगहनालगायतका सामग्री चोरी गर्ने

एनपीएल : पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाण्डु भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर ६ गते शनिबार। मंसिर