विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड नाघ्यो


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड पुगेको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म ३२ लाख ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड ४३ हजार नाघेको छ ।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड ९९ लाख ९१ हजार नाघेको छ। जसमध्ये २९ करोड २२ लाख निको भएका छन्। २४ घण्टामा मात्रै २१ लाख ९२ हजार कोरोना मुक्त भएका छन्।

यसैगरी ९ हजार ६ सय सङ्क्रमितको २४ घण्टाभित्र मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ६६ हजार नाघेको छ।

अहिलेसम्म यूरोपमा मात्रै १२ करोड २२ लाखमा सङ्क्रमण पुष्टि हुँदा ९ करोड १६ लाख निको भएका छन्। १६ लाखको भने मृत्यु भएको छ।

यस्तै १ करोड ९ लाखमा कोरोना पुष्टि भएको अफ्रिकामा ९७ लाख निको हुँदा २ लाख ३८ हजारले भने ज्यान गु्माएका छन्।

यसैगरी एसियामा ९ करोड ८४ लाखमा सङ्क्रमण पुष्टि हुँदा ९ करोड ८ लाख सङ्क्रमण मुक्त भएका छन्। १२ लाखको भने मृत्यु भएको छ।

उत्तर अमेरिकामा ८ करोड ७९ लाखमा सङ्क्रमण पुष्टि हुँदा ५ करोड ६४ लाख निको भएका छन्। १३ लाख १३ हजारको भने मृत्यु भएको छ। दक्षिण अमेरिकामा भने ४ करोड ७७ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड १३ लाख निको भएका छन्। १२ लाख ११ हजारको भने मृत्यु भएको छ।

महासागरमा भने २६ लाखमा कोरो्ना पुष्टि हुँदा २२ लाख ५० हजार निको भएका छन्। ५ हजार ९ सयको भने मृत्यु भएको छ।

अझै पनि विश्वभर ७ करोड २० लाख सक्रिय सङ्क्रमित रहेकामा ९५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालको अवस्था ?

नेपालमा भने केही दिनयता संक्रमणदर घट्दै गएको छ। पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७९१ जनाको पीसीआर परीक्षणमा ४८०७ र ६ हजार ७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०२० जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ४८ बजे

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला