तुलसीले गर्छ शुभ–अशुभ घटनाको संकेत « Khabarhub

तुलसीले गर्छ शुभ–अशुभ घटनाको संकेत


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा तुलसीको बिरुवालाई शुभ मानिन्छ । विष्णुको प्रिय र माता लक्ष्मीको अंश मानिने तुलसी धर्म र ज्योतिषका अलावा वास्तु शास्त्रमा पनि महत्त्वपूर्ण मानिन्छ ।

जुन घरमा तुलसीको वास हुन्छ, दैनिक पूजा गरिन्छ त्यहाँ सुख–समृद्धि रहने वास्तुको मान्यता छ । यस अलावा तुलसीले वातावरणमा सकारात्मकता समेत ल्याउने धार्मिक विश्वास छ । तर तुलसीको बारेमा केही नियम भने पालना गर्नु पर्ने हुन्छ ।

– तुलसीलाई कहिल्यै पनि फोहोर हातले छुनु हुँदैन ।
– जुत्ता चप्पल लगाएर पनि तुलसी छुन नहुने धार्मिक मान्यता छ ।
– पवित्र मानिने भएकाले तुलसीलाई नुहाएर शुद्ध भएर मात्र छुनु पर्ने धार्मिक मान्यता छ ।
– यस्तै आइतबार र एकादशीमा तुलसीलाई पानी चढाउन नहुने धार्मिक मान्यता छ ।
– साथै हरेक साँझ तुलसीको बोट मुनी दियो बाल्नु पर्ने मान्यता छ ।

घरमा तुलसीको बिरुवा भए यसले घरका सदस्यको मात्र नभइ अन्य कैयौँ संकटबाट समेत बचाउने धार्मिक मान्यता छ । साथै तुलसीले भविष्यमा हुने शुभ–अशुभ घटनाको संकेत दिने समेत विश्वास गरिन्छ । तुलसीको बिरुवामा अचानक आएका परिवर्तन यसका संकेत हुन् ।

क) तुलसीको बोट मरे
घरको तुलसी अचानक मरेमा भविष्यमा समस्या आउने संकेत मानिन्छ । तसर्थ यस्तो भएमा तुरुन्तै मरेको तुलसी बोट उखेलेर नयाँ रोपी भगवान विष्णुको आराधना गर्नु पर्दछ ।

ख) नयाँ बिरुवा सुकेमा
यदि घरमा तुलसीको नयाँ बिरुवा रोपेको २ दिनमै सुकेमा यो पितृदोषको संकेत मानिन्छ । पितृ दोषका कारण घरमा झगडा हुने मान्यता रहकाले यी दुवै संकेत देखिए तत्काल पितृदोष निवारणको उपाय गर्नु पर्दछ ।

ग) तुलसी अचानक हरियो भएर आए
तुलसीको बिरुवा अचानक बढे वा हराभरा भएर आए यसलाई शुभ मानिन्छ । यसले सुखद घटनाको पूर्व संकेत दिने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : ०९ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय