अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह | Khabarhub Khabarhub

अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट लिने गरेको अव्यावहारिक शुल्क तथा जरिवाना नलिन माग गरेको छ ।

सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीहरुले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञापनपत्रपत्र बुझाएको छ ।

अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधनहरु फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायहरुबाट विभिन्न शीर्षकमा शुल्क÷जरिवाना असुल्ने कार्य भइरहेको बताउँदै औद्योगिक प्रयोजनले विराटनगर नाकामार्फत नेपाल भित्रिनुपर्ने भारतीय सवारी साधनहरु हाल फारवीसगञ्ज–जोगबनी–विराटनगर सडकखण्डको जीर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भीमनगर–भन्टाबारी नाकाका लागि री–रुट भई थप १३० किमी गन्तव्य तय गर्न बाध्य भएको बताए ।

यसका कारण नेपाली आयातकर्ताहरुलाई लागत खर्चमा वृद्धि भएको अवस्थामा नेपाली पक्षबाट समेत अतिरिक्त प्रकारको शुल्क असुली हुँदा स्वदेशी उद्योग÷व्यवसायलाई थप व्ययभार परेको गुनासो सो सङ्घको रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ३ : १५ बजे

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को

म्याग्दी– म्याग्दीस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु

छठका लागि सजिसजाउ जनकपुरका पोखरी (तस्बिरहरू)

जनकपुर– छठ पर्वका लागि जनकपुरधाममा रहेको पवित्र तीर्थस्थल तथा पोखरी

सूर्यले मानवलाई लगाएको गुन सम्झिने छठ पर्व

काठमाडौँ – छठ पर्व हिन्दू धर्मका सबैभन्दा प्राचीन र आस्थापूर्ण

इटालियन सिरी ए : लाजियोसँग युभेन्टस स्तब्ध

काठमाडौं– इटालियन सिरी ए फुटबलमा लाजियोले जित निकालेको छ ।

देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई