अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह « Khabarhub

अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट लिने गरेको अव्यावहारिक शुल्क तथा जरिवाना नलिन माग गरेको छ ।

सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीहरुले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञापनपत्रपत्र बुझाएको छ ।

अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधनहरु फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायहरुबाट विभिन्न शीर्षकमा शुल्क÷जरिवाना असुल्ने कार्य भइरहेको बताउँदै औद्योगिक प्रयोजनले विराटनगर नाकामार्फत नेपाल भित्रिनुपर्ने भारतीय सवारी साधनहरु हाल फारवीसगञ्ज–जोगबनी–विराटनगर सडकखण्डको जीर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भीमनगर–भन्टाबारी नाकाका लागि री–रुट भई थप १३० किमी गन्तव्य तय गर्न बाध्य भएको बताए ।

यसका कारण नेपाली आयातकर्ताहरुलाई लागत खर्चमा वृद्धि भएको अवस्थामा नेपाली पक्षबाट समेत अतिरिक्त प्रकारको शुल्क असुली हुँदा स्वदेशी उद्योग÷व्यवसायलाई थप व्ययभार परेको गुनासो सो सङ्घको रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ३ : १५ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट