सुदिप र आकाशको राष्ट्रिय टोलीबाट डेब्यु « Khabarhub

सुदिप र आकाशको राष्ट्रिय टोलीबाट डेब्यु


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदिप गुरुङ र आकाश बुढा मगरले राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् ।

मौरिसससंग जारी पहिलो मैत्रीपूर्ण खेलमा ८५ मिनेटमा मैदान प्रवेश गर्दै सुदिपले पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुदिपलाई सुरज जिउ ठकुरिको स्थानमा मैदान छिराए ।

यस्तै आकाशले ९०औं मिनेटमा तेज तामाङको स्थानमा लिएका हुन् । उनी एन्फा एकेडेमीका खेलाडी हुन्

जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो यूथ क्लबबाट उच्च प्रदर्शन गरेका सुदिप र आकाशले पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणमा मौका पाएका थिए ।

त्यही अघि सुदिप टुसाल यूथ क्लबबाट बी डिभिजन लिग खेलेका थिए । दशरथ रंगशालामा जारी खेलको ५५औं मिनेटमा विमलले अञ्जन बिस्टको पासमा नेपाललाई अग्रता दिलाएका हुन् ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ०० बजे

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा