सहिद दिवस : हुकुमी शासनविरुद्ध त्यो विद्रोह « Khabarhub

सहिद दिवस : हुकुमी शासनविरुद्ध त्यो विद्रोह

राष्ट्रका निम्ति गरेको बलिदानको सम्झना


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्। माघ १० गतेदेखि सुरु भएको सहिद सप्ताह अन्तर्गत आइतबार प्रधानमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ।

बिहान ९ बजे सहिद स्मारक लैनचौरमा सहिद स्मृति कार्यक्रम हुन लागेको हो। कार्यक्रममा प्रधानमन्त्रीसहित सीमित उच्च विशिष्ट व्यक्तिको उपस्थितिमा ज्ञात अज्ञात सहिदको स्मरणमा मौनधारण गरिनेछ।

सहिद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्ममक्त माथेमा र शुक्रराज शास्त्रीको सम्झनामा सहिद दिवस मनाइन्छ।

यही माघ १० गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शनिबार विष्णुमती नदी किनार शोभा भगवतीमा निर्माण गरिएको सहिदको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनीहरुको सम्झना गरिएको छ।

हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो।

ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो। त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो।

यस वर्ष माघ १० गते अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा तथा दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो। श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको सालिक र पूर्ण कदका सालिक राखिएका छन्।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ०० बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको