वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारसँग एमालेको माग | Khabarhub Khabarhub

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारसँग एमालेको माग


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ ।

सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको विवरण सार्वजनिक भइरहँदा एमालेले भने वैशाखभित्र निर्वाचन हुनुपर्ने बताएको हो ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार बसेको बैठकले नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गरेको उल्लेख गर्दै समयमै निर्वाचन हुनुपर्ने ठहर गरेको हो ।

‘संविधानको धारा २१५ र २१६ ले गाउँरनगर पालिकाको अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडा अध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले ५ वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको छ,’ संयन्त्रका संयोजक भानुभक्त ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने मूल नाराका साथ सबै जनसंगठनले आआफ्नो तवरले आन्दोलन अगाडी बढाउने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ५८ बजे

सामाजिक सुरक्षा कोष र नेपाल बारबीच सम्झौता

काठमाडौं–  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा

ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान

अमेरिका– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ‘ग्लोबल

बेमौसमी लिगलिगे दौडले घटाएको शेखरको कद

नेपाली कांग्रेस नेपाली राजनीति भित्र समाजवादी मूल्य मान्यताको पक्षधर दल

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायतका शिवालयमा भक्तजनको भीड

काठमाडौं- आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका

बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा

काठमाडौं– साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौँ भक्तजन