क्यामरुन र बुर्किनाफासो अफ्रिका कपको सेमिफाइनलमा « Khabarhub

क्यामरुन र बुर्किनाफासो अफ्रिका कपको सेमिफाइनलमा


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राति भएको खेलमा जित हात पार्दै दुबै टोलीले अन्तिम चार पक्का गरेका हुन् ।

घरेलु मैदानमा कार्ल टोको एकाम्बीले दोस्रो हाफमा दुई गोल गरेपछि क्यामरुनले सहज जित हात पार्‍यो ।

२९ वर्षीय टोकोले खेलको ५० र ५७औं मिनेटमा गोल गरे ।

अब क्यामरुनले फाइनल प्रवेशका लागि इजिप्ट र मोरक्कोको बीचको विजेताको सामना गर्नेछ ।

१० खेलाडीमा सीमित बुर्किना फासोले तुनिसियालाई १-० अन्तरले पराजित गरेको हो । बुर्किनाको जितमा पहिलो हाफको इन्जुरी समयमा डान्गो औताराले गरेको गोल निर्णायक रह्यो ।

खेलको ८२औं मिनेट गोलकर्ता १९ वर्षीय डान्गोले रातो सामना गरे ।

अब बुर्किना फासोले फाइनल प्रवेशका लागि फाइनल प्रवेशका लागि सेनेगल र गिनीबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : ४२ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट