काठमाडौँ उपत्यकामा थपिए १ हजार ७२२ नयाँ संक्रमित | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए १ हजार ७२२ नयाँ संक्रमित


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँमामात्र १ हजार ३६१ संक्रमित थपिएका छन् ।

भक्तपुरमा ९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा २७१ संक्रमित भेटिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन् । १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८२० जनामा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप ८ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ५ : २४ बजे

यस्तो देखियो नेपाल–चीन सांस्कृतिक सम्मेलन (तस्बिरहरू)

काठमाडौं- नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा

एकीकृत समाजवादीमा विलय हुँदै वामदेवले भने- चार वर्षपछि सपना पूरा भयो, धेरै खुसी छु

काठमाडौं– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शुक्रबार काठमाडौंमा

भौतिक पूर्वाधारमन्त्रीको एक वर्ष : १०५ वटा पक्की पुल र १० वटा बेलीबृज जडान

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारको

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ 

नयाँदिल्ली– बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन

सौर्य एयरलाइन्सको दुर्घटनाबारे अन्तिम प्रतिवेदन सार्वजनिक

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन