हरिवंशले ‘कर्कलो कोक्याउला’ गीतको अडियो भिडियो प्रहरीलाई दिए « Khabarhub

हरिवंशले ‘कर्कलो कोक्याउला’ गीतको अडियो भिडियो प्रहरीलाई दिए


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा रहेको चेलीबेटी बेचबिखनसम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ।

उक्त श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन्।

समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट चेलीबेटी बेचबिखनका घटनाक्रम भइरहेका छन्। गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ।

यस सन्दर्भमा समाजमा सचेतना अभिवृद्धि गरी मानब बेचबिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले यस श्रव्यदृश्य सामग्रीलाई प्रहरी कार्यालयले आआफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रुपमा प्रचार प्रसार गर्ने बताइएको छ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : ३४ बजे

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका