विश्व इतिहासमा आज : विश्वमा के-के प्रमुख घटना भएका थिए ? « Khabarhub

विश्व इतिहासमा आज : विश्वमा के-के प्रमुख घटना भएका थिए ?


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व इतिहासमा फेब्रुअरी १ अर्थात् आजको दिन धेरै घटना भएका थिए। त्यसमध्ये केही प्रमुख घटना निम्नअनुसार छन्।

  • पहिलो विश्वयुद्ध अन्तर्गत सन् १७९३ फेब्रेअरी १ मा फ्रान्सले बेलायत र होल्याडविरुद्ध युद्ध घोषणा गरेको थियो।
  • आजैका दिन सन् १८८४ मा अंग्रेजी शब्दकोशको सबैभन्दा ठूलो र चर्चित शब्दकोष अक्सफोर्ड पहिलो संस्करण प्रकाशित भएको थियो।
  • सन् १९५१ मा आजैका दिन आणविक बम विष्फोटको पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेका थिए।
  • सन् १९५८ अर्थात ६४ वर्ष अगाडि आजैका दिन इजिप्ट र सिरियाबीच एकीकरण भएर संयुक्त अरब गणतन्त्र बनेको थियो। पछि सन् १९६१ मा सिरिया त्यसबाट अलग भएको थियो। यद्यपि सन् १९७१ सम्म इजिप्ट संयुक्त अरब गणतन्त्रकै रुपमा परिचित थियो। त्यसपछि भने इजिप्टले आफ्नो पुरानै नाम राखेको थियो।
  • सन् २००३ मा नासाले प्रक्षेपण गरेको कोलम्बिया नामको अन्तरिक्ष यान विष्फोट भएको थियो। वायुमण्डलमा फेरि प्रवेश गर्दा विस्फोट भएको सो यानमा सवार सातजना अन्तरिक्ष यात्रीको मृत्यु भएको थियो।
  • सन् २००७ मा फ्रान्सले कार्यस्थल धुम्रपान गर्न नपाइने नियम लागू गरेको थियो। त्यसपछि फ्रान्सका विमानस्थल, रेलवे स्टेशन, अस्पताल, विद्यालय, पसल वा कार्यालयमा धुम्रपान गरेमा जरिवाना लिने व्यवस्था लागू गरेको थियो।
  • सन् २००८ मा आजैका दिन इराकको राजधानी बग्दादमा अलकायदा विद्रोहीले आत्मघाती बम आक्रमण गरेका थिए। सो आक्रमणमा ९० जनाको मृत्यु भएको थियो।
  • सन् २०११ मा आजैका दिन तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले चन्द्रमामा मानिस लैजाने नासाको महत्वाकांक्षी योजना रद्द गरिदिएका थिए। सो परियोजना निकै महँगो भएकाले सन् २०११ को बजेटमा चन्द्रमामा मानिस लैजाने नासाको योजना ओबामाले रद्द गरेका हुन्।
  • सन् २०१० मा आजैका दिन इराकको सिया सहरमा एक महिलाले आत्मघाती बम विष्फोट गराउँदा ४१ जनाको मृत्यु भएको थियो। सो आक्रमणमा धेरै महिला र बालबालिकाको मृत्यु भएको थियो।
  • सन् २०१९ मा आजैका दिन अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रसायनिक तथा आणविक हात हतियार उत्पादन रोक्न गरिएको रेन्ज न्युक्लियर फोर्सेस सन्धिबाट बाहिरिने घोषणा गरेका थिए। सम्भावित युद्धका लागि आणविक हात हतियार उत्पादनमा रुसलाई रोक्न नसकेपछि ट्रम्प आफैले बाहिरिने घोषणा गरेका थिए।

यी त थिए, आजको दिन विश्व इतिहास भएका मुख्य घटना। यसबाहेक अरु धेरै घटना हुनसक्छन्। हामीले समेट्न नसकेका तर तपाईंलाई थाहा भएका घटनाहरु कमेन्टमा थप्न सक्नुहुन्छ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : ५५ बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य