‘विश्वकपमा पुग्नु नेपाली क्रिकेटलाई ठूलो अवसर हुनेछ’ | Khabarhub Khabarhub

‘विश्वकपमा पुग्नु नेपाली क्रिकेटलाई ठूलो अवसर हुनेछ’


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेले नेपाल विश्वकपमा पुग्दा धेरै अवसर प्राप्त हुने बताएका छन्।

कप्तान सन्दीप लामिछानेले नेपालको लक्ष्य आईसीसी टी-२० विश्वकप छनोट र नेपाललाई एसोसिएट देशको शीर्ष टोली बनाउनु रहेको बताएपछि प्रशिक्षक दसानायकेले यस्तो बताएका हुन्।

सोमबार साँझ जुममार्फत् पत्रकारसँग कुराकानी गर्दै प्रशिक्षक पुबुदुले नेपालको अहिलेको अहिलेको अवस्था आईसीसी टी-२० विश्वकपमा छनोट हुनु रहेको बताए।

‘विश्वकपमा पुगे नेपाली क्रिकेटका लागि ठूलो अवसर प्राप्त हुनेछ’, प्रशिक्षक दसानायकेले भने, ‘विश्वकपमा पुग्यौँ भने यसले नेपाली क्रिकेटलाई थप उचाईमा लैजाने सहयोग गर्छ।’

छनोट हुन सके प्रतियोगिता र सहभागिता बढ्ने भन्दै उनले अहिलेको टोलीले विश्वकपमा राम्रो गर्न सक्ने बताए।

उले ओमानमा हुन लागेको आसन्न आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलको तयारी योजना अनुरुपनै राम्रो भइरहेको प्रष्ट पारे।

‘छोटो समयमा पनि हामीले राम्रो मिहेनत गरेका र्छौँ। ६० प्रतिशत तयारी सकियो’, उनले भने, ‘अबको अन्तिम तयारी ओमानमै हुनेछ।’

अहिलेसम्मको तयारीले टोलीका सबै सदस्यमा आत्मविश्वास जागेको उनको भनाइ छ। कोरोना भएका खेलाडी पनि केही दिनमै प्रशिक्षणमा सामेल हुने उनले प्रष्ट पारे।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : २८ बजे

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ

सिरहा– सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी

कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

इलाम– इलाम माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा