सप्तरीका शैक्षिक संस्थाहरू माघ मसान्तअघि नखोल्न निर्देशन | Khabarhub Khabarhub

सप्तरीका शैक्षिक संस्थाहरू माघ मसान्तअघि नखोल्न निर्देशन


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी–सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरीका शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न निर्देशन दिएका छन् । कोरोना महामारी नियन्त्रण भइनसकेका कारण माघ मसान्त अघि शैक्षिक संस्था नखोल्न उनले सोमबार निर्देशन दिएका हुन् ।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक कृयाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रुपमा उपस्थितिमा नगर्न भनिएको छ । शैक्षिक कृयाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाएर सञ्चालन गर्न उनले निर्देशन दिएका छन् ।

त्यस्तै, सबै खाले परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालन गर्न पनि निर्देशन दिएका छन् । सिनेमा हल, डान्स बार, दोहोरी नाच घर, क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र भिडभाड हुने कार्यक्रम पनि माघ मसान्तसम्म सञ्चालन नगर्न निर्देशन दिएका छन् ।

जिल्लामा १ माघदेखि शैक्षिक शिक्षा बन्द भए पनि १६ माघदेखि संचालनमा आएको र जिल्लामा कोभिडका बिरामी अझै बढी रहेकाले सो निर्देशन दिएको प्रजिअ गौतमले बताए । उनको निर्देशन विपरित जिल्लामा अहिले पनि राजनीतिक दलको कार्यक्रम सभा सम्मेलन भने भइरहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ३ : ०० बजे

पाकिस्तानमा पोलियोका बिरामी बढ्दै, २६ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं– पाकिस्तानमा पोलियोका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक

काठमाडौं– लेखक तथा इतिहासकार भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक

प्रधानमन्त्री प्रकोप उद्धार कोषमा निफ्राको २५ लाख

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थागत सामाजिक

नवलपरासीको दाउन्ने सडक एकतर्फी खुल्यो

नवलपरासी– सडक भासिएर अवरुद्ध भएको पश्चिम नवलपरासीको दाउन्नेमा यातायात एकतर्फी

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर– गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो