सप्तरीका शैक्षिक संस्थाहरू माघ मसान्तअघि नखोल्न निर्देशन « Khabarhub

सप्तरीका शैक्षिक संस्थाहरू माघ मसान्तअघि नखोल्न निर्देशन


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी–सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरीका शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न निर्देशन दिएका छन् । कोरोना महामारी नियन्त्रण भइनसकेका कारण माघ मसान्त अघि शैक्षिक संस्था नखोल्न उनले सोमबार निर्देशन दिएका हुन् ।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक कृयाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक रुपमा उपस्थितिमा नगर्न भनिएको छ । शैक्षिक कृयाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाएर सञ्चालन गर्न उनले निर्देशन दिएका छन् ।

त्यस्तै, सबै खाले परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालन गर्न पनि निर्देशन दिएका छन् । सिनेमा हल, डान्स बार, दोहोरी नाच घर, क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र भिडभाड हुने कार्यक्रम पनि माघ मसान्तसम्म सञ्चालन नगर्न निर्देशन दिएका छन् ।

जिल्लामा १ माघदेखि शैक्षिक शिक्षा बन्द भए पनि १६ माघदेखि संचालनमा आएको र जिल्लामा कोभिडका बिरामी अझै बढी रहेकाले सो निर्देशन दिएको प्रजिअ गौतमले बताए । उनको निर्देशन विपरित जिल्लामा अहिले पनि राजनीतिक दलको कार्यक्रम सभा सम्मेलन भने भइरहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ३ : ०० बजे

कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत

अमिषाले बोलेको कुरामा आमालाई बोलाएर लिखित माफी मगायो साइबर ब्यूरोले

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा प्रसारित एक अभिव्यक्तिप्रति

नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ

काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश डा. मनोकुमार शर्माले पद तथा गोपनीयताको शपथ

सूचना प्रविधि प्रयोग गरी न्यायमा पहुँच वृद्धि गर्छु : प्रधानन्यायाधीश शर्माले

काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सूचना प्रविधि प्रयोग गरी