महोत्तरीमा कोरोना संक्रमणको दर ओरालो | Khabarhub Khabarhub

महोत्तरीमा कोरोना संक्रमणको दर ओरालो


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा कोरोना संक्रमितको सङ्ख्या ओरालो लाग्दै गएको छ । पीसीआर र एन्टिजेन प्रविधिवाट परीक्षण गर्दा कुल परीक्षणको जम्मा तीन प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा कोरोना माहामारीको तेस्रो लहर सुरु भएपछि २४० जनामा कोरोना पोजेटिभ थपिएका छन् । कोरोना पोजेटिभ भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको होम आइसोलेसनमा नै उपचार भइरहेको जिल्ला कोभिड फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

सोमबार २० जनामा पीसीआर प्रविधिवाट परीक्षण गर्दा जम्मा तीन जनामा कोरोना संक्रमण देखिएको र एन्टिजेट प्रविधिबाट ८७ जनामा परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांक छ ।

जिल्लामा दोस्रो र तेस्रो लहर गरी तीन हजार ३२६ जना संक्रमित बनेका छन् । जसमध्ये ८५ जनाले ज्यान गुमाए भने २४० जना अझै होम आइसोलेसनमा छ्न् । तीन हजार ६ जनाले स्वास्थ्य लाभ गरी पूर्ण रुपमा निको भइसकेको कोभिड फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

जिल्लामा अहिले तीनवटा कोभिड अस्पताल, ६५ वटा बेड, ३४ वटा एचडीयु, नौवटा आईसीयू र दुईवटा भेन्टिलेटर उपलब्ध छन् । दुईवटा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्तिको अभावमा सञ्चालनमा नरहेको स्वास्थ्य कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

जिल्लामा खोप अभियानलाई समेत तीव्र बनाइएको छ । विद्यार्थीलाई लक्षित गरी ७४ हजार मोडर्ना खोप लगाउने तयारी गरिँदै छ भने दैनिक १५० जनाभन्दा बढी सर्वसाधारणले पहिलो र दोश्रो खोप लगाइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

सोमबारबाट बुस्टर डोजसमेत सुरु भएको छ । सोमबार मात्र २६४ जनाले बुस्टर डोज लगाएका थिए । त्यसैगरी खोप सबै सर्वसाधारणलाई उत्प्रेरित गर्न सरकारी कार्यालयमा सेवा लिन अनिवार्य खोप कार्डको चाहिने भएको छ भने कतिपय सरकारी कार्यालयले खोपसहितको सेवा प्रवाहलाई तीव्रता दिएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ३ : ३० बजे

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा