सरकारले संविधान मिच्न मिल्दैन–नेता सिंह « Khabarhub

सरकारले संविधान मिच्न मिल्दैन–नेता सिंह


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवश्यक प्रक्रिया पु¥याएर निर्वाचनको मिति तय गर्नुपर्नेमा जोड दिए ।

मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा भएका खोप कार्यक्रमको निरीक्षण गर्ने क्रममा नेता सिंहले भने, ‘स्थानीय तहको निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरिसकेको छ । त्यसआधारमा सरकारले स्थानीय तहको मिति निर्धारण गरेको राम्रो हो ।’

नेता सिंहले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने बताए । ‘यो सरकार नै विशेष अवस्थामा गठन भएको हो । तत्कालीन कम्युनिष्ट सरकारले म्याण्डेड बमोजिम कार्य गर्न नसकेको र संविधानलाई भंग गर्ने प्रयास गरेकाले त्यो संविधानको रक्षा गर्न यो गठबन्धन सरकार बनेको हो । त्यसैले यो सरकारले संविधानको मर्म र भावनाबमोजिम काम गर्नुपर्ने हुन्छ । कानुन संशोधन गर्नेभन्दा पनि अहिलेको संविधान र ऐनमा जे व्यवस्था छ, त्यहीअनुसार सरकारले काम गरेको राम्रो हुन्छ ।’

उनले एकीकृत बागमती आयोजनाले बागमती नदी किनारमा स्थानीयहरुको प्रयासमा बनेका पार्क बगैचाहरु एकतर्फी रुपमा भत्काउन नहुने बताए । आयोजनाका नाममा अर्बौ खर्च गर्ने काम केही नहुने स्थानीयले निर्माण गरेका पार्कहरु भत्काएर कुरुप बनाउने कामको उनले विरोध गरे ।

नेता सिंहले आयोजनाले स्थानीय बासिन्दा, जनप्रतिनिधि र सरोकारवालाहरुसँग आवश्यक छलफल गरेर मात्रै काम अगाडि बढाउन समेत आग्रह गरे । उनले खोप केन्द्र निरिक्षण गर्नुअघि बागमती किनारमा रहेका पार्क, बगैंचा निर्माण गरिरहेका संघसंस्था र स्थानीयसँग स्थलगत रुपमा निरिक्षण तथा छलफल गरेका थिए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ४ : ०० बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज