कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा कोइराला « Khabarhub

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा कोइराला


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका गणेशप्रसाद कोइराला सर्वसम्मत चयन भएका छन् ।

समाजको मङ्गलबार भर्चुअलमार्फत भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदीप रावत तथा उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत), आनन्द थापा (सल्यान) र लक्ष्मण दाहाल (मुगु) सर्वसम्मत चयन भएका छन् ।

महासचिवमा तिलक हमाल ठकुरी (सुर्खेत), सचिवमा हरि थापा (जुम्ला) र नेपाल कार्की (जाजरकोट), कोषाध्यक्षमा भानु मगर (रुकुमपश्चिम) तथा सहकोषाध्यक्षमा टरसिङ पुन (सल्यान) चयन हुनुभएको अध्यक्ष कोइरालाले जानकारी दिए । उनका अनुसार २६ सदस्यीय कार्यसमितिले विदेशमा रहेर काम गर्ने नेपालीको हित र कर्णाली प्रदेशको सामाजिक कार्यमा सहयोग पुर्‍याउने छ ।

समाजको कार्यसमिति सदस्यमा क्रमशः हरिभक्त ओली (सल्यान), प्रेम बिसी (सुर्खेत), लक्ष्मण शर्मा (दैलेख), वीरेन्द्र गिरी (सुर्खेत), कलम कार्की (दैलेख), हिक्मत शाही (कालिकोट), कमल भण्डारी (सल्यान), भक्ति आचार्य (दैलेख), बिष्णु रखाल (सल्यान), हिक्मत चौलागाईँ (कालिकोट), लालप्रसाद बुढा (जुम्ला), दीपक बुढाथोकी (सल्यान), नवराज डागर (मुगु), अमृत कार्की (मुगु) र शेरबहादुर बुढा (डोल्पा)लाई चयन गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ७ : २१ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र