ताप्लेजुङमा जिल्ला लिग फुटबल प्रतियोगिता आजदेखि « Khabarhub

ताप्लेजुङमा जिल्ला लिग फुटबल प्रतियोगिता आजदेखि


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङ जिल्ला फुटबल संघको आयोजनामा आज (बुधबार)देखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा १४ वटा क्लबको सहभागिता रहनेछ ।

जिल्ला लिग विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै आगामी प्रदेश लिगमा भाग लिने अवसर प्राप्त गर्ने जिल्ला फुटबल संघका अध्यक्ष बालचन्द्र साबाले बताए ।

‘ए’ समूहमा प्रगतिशील युवा क्लब, चाँगे माछापोखरी हिटी क्लब, सृजनशील सामाजिक युवा समाज, बिसीएस मेमोरियल क्लब, लालीमा क्लब, जलजले क्लब र मानाभरा स्पोर्टिङ युथ क्लब छन् ।

समूह ‘बी’मा कर्णसिंह सोनाम फुटबल क्लब, कञ्चनजंघा फुङ्लिङ क्लब, मिशन युनाइटेड क्लब, नवप्रयास युवा क्लब, संघर्ष स्पोर्टिङ क्लब, वीरेन्द्र युवा क्लब र पाथीभरा युवा क्लब रहेको जिल्ला फुटबल संघले जनाएको छ ।

दुबै समूहमा सेमीफाइनल अघि २१–२१ वटा खेल हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ३६ बजे

नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली

अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

काबुल – अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

इलाम गोल्डकप : मछिन्द्र फाइनलमा

इलाम – मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको

भक्तपुर मालपोत कार्यालयबाट ११ जना विचौलिया पक्राउ

भक्तपुर – भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश