नेपालबाट दुई घण्टामा अमेरिका पुग्ने हाइपरसोनिक प्रविधि ! | Khabarhub Khabarhub

नेपालबाट दुई घण्टामा अमेरिका पुग्ने हाइपरसोनिक प्रविधि !



विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ सफलताका लागि अहिले धनी राष्ट्रका विज्ञ, अनुसन्धानकर्ता र वैज्ञानिकको हाइपरसोनिक प्रविधितर्फ ध्यान केन्द्रित भएको छ। यसको विषयमा विभिन्न परीक्षण हुन थालेका छन्। प्रारम्भिक परीक्षण क्षेप्यास्त्रमार्फत् भइरहे पनि केही देशले गरिरहेको हाइपरसोनिक प्रविधि नागरिक उडड्यतर्फ पनि प्रयोगमा आयो भने संसारको यात्रामा एउटा चामत्कारिक सफलता मिल्नेछ।

हाइपरसोनिक प्रविधिको गति ध्वनिको भन्दा पाँच गुणा छिटो हुन्छ। हाइपरसोनिकको गति प्रतिघण्टा ६ हजार २ सय किलोमिटर हुन्छ। यो प्रविधि यात्रुवाहक विमानमा प्रयोग भए संसारको यात्रा निकै छोटो हुनेछ। यो भनेको काठमाडौंबाट २ घण्टामै अमेरिकाको राजधानी वासिङ्टन डिसीसम्म पुग्ने गति हुन्छ। नेपालबाट कोरिया, टर्की, साउदी अरेबीया, यूएईलगायत देशमा पुग्न एक घण्टा पनि लाग्दैन। काठमाडौंबाट लण्डन, पेरिस वा कुनै पनि यूरोपेली सहर पुग्न डेढ घण्टा मात्र लाग्नेछ।

हाइपरसोनिक प्रविधिको गति ध्वनिको भन्दा पाँच गुणा छिटो हुन्छ। हाइपरसोनिकको गति प्रतिघण्टा ६ हजार २ सय किलोमिटर हुन्छ। यो प्रविधि यात्रुवाहक विमानमा प्रयोग भए संसारको यात्रा निकै छोटो हुनेछ।

हाल १४ घण्टा उडानमा लाग्ने अमेरिकाको न्युयोर्कबाट चीनको बेइजिङ पुग्न लाग्ने यात्रा केही घण्टामा नै पुग्न सकिने छ। त्यसैले हाइपरसोनिक विमानलाई उड्डयनको भविष्य पनि भनिएको छ।

हाइपरोनिक प्रविधिको चमत्कार
हाइपरसोनिक प्रविधिमा आधारित विमानहरु प्रयोगमा आए भने ६० हजार फिटसम्मको उचाइमा समेत उडान भर्ने अनुमान गरिएको छ।

यात्रुवाहक तथा व्यवसायिक विमान सामन्यतया अहिले ३१ देखि ३८ हजार फिटको उचाईसम्म उडान भर्ने गरेका छन्। विमान ३८ हजारभन्दा माथिको उचाइमा पनि जान सक्छन्। तर, सुरक्षा सावधानीका कारण समस्या आउनसक्ने भएकाले माथि लगिँदैन। विमानले धेरैमाथि उडान भर्दा आपत्कालीन अवस्था आएमा सुरक्षित स्थानमा फर्कन समय लग्छ। जसले दुर्घटनाको जोखिम बढ्छ। हाइपरसोनिक प्रविधिको प्रयोगपछि यो जोखिम हट्ने वैज्ञानीकको दाबी रहेको छ।

बेलायतको अन्तरिक्ष एजेन्सीका अनुसार अहिले संसारकै लामो रहेको अष्ट्रेलियाको सिड्नीबाट बेलायतको लण्डनसम्मको लामो दूरीको उडान सन् २०३० सम्ममा ८० प्रतिशतसम्म छोटो बनाउने अनुसन्धानमा वैज्ञानिक सक्रिय छन्। अहिले उक्त उडान दूरी १६ हजार ९ सय ९१ किलोमिटर रहेको छ भने उडान समय २१ घण्टा ३७ मिनेटको छ।

हाल प्रचलनमा रहेका यात्रुवाहक विमानको औसत गति १ हजार किलोमिटर पनि छैन। केही सीमित यात्रुबाहक विमानले मात्र घण्टाको १३ सय किलोमिटरको गतिमा उडान भरिरहेका छन्।

यात्रा अवधि छोट्याउने अनुसन्धान
उडानसम्बन्धी यात्राको समय कम गर्ने खोज नयाँ भने होइन। विगत ६० वर्षमा भएका वैज्ञानिक अनुसन्धान र विकासक्रम हेर्ने हो भने दोस्रो विश्वयुद्धको समयमा उड्डयनको क्षेत्रमा संसारले एक प्रभावशाली प्राविधिक क्रान्ति पार गरेको देखिन्छ। त्योबेला सैन्य उद्देश्यका लागि प्रत्येक पटक द्रूत उडान भर्ने विमानको विकास र विस्तार गरिएको थियो। तर, संम्भावित विमान ध्वनिको गति भन्दा बढी गतिमा उडान भर्दा हावामा प्रसारण हुने ध्वनि तरंङ्गको अवरोधलाई हटाउन गरिएका धेरै प्रयासअसफल पनि भए। पछि नयाँ प्रविधिको विकाससँगै सन् १९४७ अक्टोबर १४ मा ध्वनिको गति भन्दा तीव्र गतिमा यात्रा गर्ने विमान अमेरिकाले सफलतापूर्वक परीक्षण गर्यो।

उडानसम्बन्धी यात्राको समय कम गर्ने खोज नयाँ भने होइन। विगत ६० वर्षमा भएका वैज्ञानिक अनुसन्धान र विकासक्रम हेर्ने हो भने दोस्रो विश्वयुद्धको समयमा उड्डयनको क्षेत्रमा संसारले एक प्रभावशाली प्राविधिक क्रान्ति पार गरेको देखिन्छ।

‘एक्स वान’ सुपरसोनिक विमानको साथ अमेरिकी वायु सेनाका पाइलट चक इएगरले ध्वनी भन्दा छिटो जान सम्भव छ भनेर उडान गरेरै देखाए। सुपरसोनिक विमान ध्वनिको दोब्बर गतिमा उडान भर्नसक्ने क्षमता भएकाले व्यावसायिक विमानको हिसाबले कोनकर्ड सुपरसोनिक विमान संचालनमा आयो। पछि सो उडान रोकिएसँगै व्यावसायिक रुपमा सुपरसोनिक विमानको बजार खाली भयो।

के भन्छन् विज्ञ ?
हाल केही इन्जिनियरका विज्ञ सुपरसोनिक विमानको पुनरुत्थान गर्ने योजना बनाइरहेका छन्। केही अझै सुपरसोनिक विमान भन्दा अगाडि व्यवसायिक रुपमा हाइपरसोनिक विमान संचालन गर्ने योजना अगाडि सारिरहेका छन्।
ब्रिटेन र फ्रान्सको संयुक्त लगानीमा निमार्ण भएको संसारकै पहिलो सुपरसोनिक विमान
कन्कोर्ड बन्द भएको १९ वर्षपछि पुनः सुपरसोनिक विमानमा अति तीव्र हवाई यात्राको योजना सुरु भइरहेको छ। जापान एयरलाइन्सको सहयोगमा लकहिड मार्टिन र बूम जस्ता कम्पनीले नयाँ सुपरसोनिक विमान विकास गरिरहेका हुन्।

सोपरसोनिक जेट बनाउने उत्साह
इलेक्ट्रिक कारको निर्माणका अग्रणी अमेरिकी उद्यमी एलोन मस्कले पनि अब इलेक्ट्रिक कार र अन्तरिक्ष यानपछि आफ्नो लगानीको आँखा सुपरसोनिक विमान लगाएका छन्। मस्कले सुपरसोनिक जेट बनाउन आफू उत्सुकरहेको बताएका छन्। सुपरसोनिक विमानको तुलनामा हाइपरसोनिक विमान झन् बढी तीव्र गतिमा यात्रा गर्नसक्ने भएकोले यसका अनुसन्धान र परियोजना निम्ती राष्ट्रहरुले अर्बौ डलर लगानीमा अनुसन्धान गरिरहेका छन्। हाइपरसोनिक्सको विकास विश्वव्यापी रूपमा अगाडि बढिरहेको छ। अमेरिकी रक्षा मन्त्रालयले पनि हाइपरसोनिक्सलाई अमेरिकाको प्रविधिका लागि प्रमुख प्राथमिकतामा राखेको छ।

चिनियाँ चासो
हाइपरसोनिक विमानको अनुसन्धानमा चीनले अमेरिकालाई उछिनेको समाचार अगाडि आएका छन्। चीनसँगै दोस्रोमा रुस रहेको र अमेरिका तेस्रोमा परेको समेत भनिएको छ। प्रविधिको सन्दर्भमा हाइपरसोनिक विमान चीनको सबैभन्दा प्रख्यात हाई–टेक लक्ष्य जस्तो देखिएको छ। यो क्षेत्रमा सबैभन्दा योगदान पनि चीनले गरेको छ।

सन् २०२१ को जुनमा चिनियाँ अधिकारीले २०२५ सम्ममा व्यवसायिक हाइपरसोनिक विमानको उडान सफल पार्ने योजना रहेको उल्लेख गरे पनि अन्य तबरबाट स्वतन्त्र पुष्टि हुन भने सकेको छैन। यो विषयमा चीनले उड्ने हाइपरसोनिक विमानको परीक्षणका लागि एक हाइपरसोनिक टनेल बनाइरहेको बताइको छ। उक्त टनेलमा विमानको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात् ३७ हजार १२ किलोमिटर प्रतिघण्टाको गतिमा हुनेछ।

चाइनिज एकेडेमी अफ साइन्सेन्जका शोधकर्ता हान गुइलइले टनेलमा विमानको परीक्षण ध्वनिको गतिभन्दा ३० गुणा बढी रफ्तारमा हुने जनाएको छ। यो विमानको परीक्षण सफल गराई चीन पश्चिमा देशभन्दा यो प्रविधिमा २०-३० वर्ष अगाडि हुन चाहन्छ।

अमेरिकी उपलब्धि
यस्तै अमेरिकाको स्टार्ट-अप हर्मियसले पनि ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र गतिमा उड्ने हाइपरसोनिक विमानको विकास गरिरहेको छ। हर्मियसले विकास गरिरहेको हाइपरसोनिक विमान सफल भए ९० मिनेटमा न्यूयोर्कदेखि लन्डनसम्म यात्रा गर्न सकिनेछ।

हर्मियसले विकास गरिरहेको हाइपरसोनिक विमान सफल भए ९० मिनेटमा न्यूयोर्कदेखि लन्डनसम्म यात्रा गर्न सकिनेछ।

हाइपरसोनिक विमानको विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले समेत चासो दिइरहेका छन्। उनले आफ्नो देशको हाइपरसोनिक प्रविधि अरुसँग अतुलनीय रहेको दाबी गरे पनि थप विवरण दिएका छैनन्।

हाइपरसोनिक प्रविधिमा संयुक्त सहकार्य गरिरहेका युरोपेली अन्तरिक्ष एजेन्सी र बेलायतका अन्तरीक्ष एजेन्सीले पनि हाइपरसोनिक विमानको प्रविधिमा आफ्नो सफलताको घोषणा गरिसकेका छन्। एयरबस, जापान र जर्मनीका जस्तै राष्ट्रिय अन्तरिक्ष एजेन्सी पनि हाइपरसोनिक उडानमा लागिरहेका छन्। हाल सबै ठूला र धनी देश यस हाइपरसोनिक उडानको निर्माणमा आफ्नो अग्रताका लागि क्रियाशील छन्।

प्रविधिको विस्तारसँगै पछिल्लो २० वर्षमा धेरै प्रयोगात्मक हाइपरसोनिक परियोजना सफलतापूर्वक विकसित भएका छन्। व्यावसायिक उडानका लागि हाइपरसोनिक विमानले हवाई यात्राको भविष्यको लागि एक रोमाञ्चक सम्भावना देखाएको छ। तर, सैन्य उदेश्यको दृष्टीबाट भने हाइपरसोनिको प्रविधि अत्यन्तै जोखिमपूर्ण रहनेछ।

हाइपर सोनिकका विशेषता
हाइपरसोनिकको मुख्य विशेषता नै तीव्र गति हो। हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षणले विश्वमा बहस चर्काउन थालेको छ। त्यसैले हतियार सम्बन्धी राष्ट्र सन्धिमा पनि बाँधिएका छन्। तर आफनो देशको सिमा सुरक्षा, आतंकवादीबाट सुरक्षा भनी राष्ट्रहरुले हाइपरसोनिकको मिसाइल, हतियारको परीक्षण गर्दै आएका छन्।

चीनले हाइपरसोनिक क्षेप्यास्त्रमा निकै ठूलो रकम खर्च गरिरहेको छ। चीनले परीक्षण गरेका हाइपरसोनिकको मिसाइलको गति ध्वनिको भन्दा २० गुणासम्म गति बढीरहेको जनाएको छ। चीनका सैन्य प्रमुखले सुरक्षाको लागि भने पनि केही विश्लेषकहरू यस्तो प्रयासले मानव सभ्यताको लागि निकै घातक रहेको चिन्ता व्यक्त गरेका छन्। विज्ञका अनुसार हाइपरसोनिक हतियार तीव्र रुपमा विकसित भए यसबाट बच्न आर्टिफिसियल इन्टेलिजेन्स र कम्प्युटर प्रणालीमा भर पर्नुपर्ने बताएका छन्।

उत्तर कोरियाको दाबी
चीनसंगै हाइपरसोनिक हतियारमा सफल भएको उत्तर कोरियाको दाबी छ। आर्थिक रुपमा निकै गरिब रहेको कम्युनिष्ट देश उत्तर कोरिया जनता भोकै मारेर भएपनि अणुअस्त्र र क्षेप्यास्त्र बनाउँने देश हो। फ्रान्स, भारत, जापान, चीन र अस्ट्रेलिया पनि हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन्।

हाइपरसोनिकको मुख्य विशेषता नै तीव्र गति हो। हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षणले विश्वमा बहस चर्काउन थालेको छ। त्यसैले हतियार सम्बन्धी राष्ट्र सन्धिमा पनि बाँधिएका छन्।

अत्याधुनिक प्रविधिमा सफलता भने अमेरिका, रुस र चीनसँग छ। हाइपरसोनिक मिसाइलमा शक्ति राष्ट्रहरुको ध्यान जानुको मुख्य कारण भनेको अहिले विश्वमा विद्यमान क्षेप्यास्त्र प्रतिरोधी प्रणालीले काम गर्न नसक्नु हो। अहिले विश्वमा हाइपरसोनिक क्षेप्यास्त्र रोक्ने कुनै प्रबिधिको विकास नै नभएकाले यस्ता हतियारमार्फत हुने आक्रमण रोक्न सक्ने प्रणाली नै छैन।

हाइपरसोनिक क्षमतामा विश्वका कुनै पनि शक्तिशाली देश पछि पर्न चाहिरेका छैनन्। यो विषयमा पनि विभिन्न प्राविधिक चुनौती छन्। हाइपरसोनिकको वायुयानको नै विषयमा विमानको संरचना र चालचलनको सन्दर्भमा अझै पनि अनगिन्ती प्राविधिक चुनौती छन्। पहिले संचालित व्यवसायिक सुपरसोनिक विमान जस्तै उच्च विकास लागत, महँगो निर्माण सामग्री भए हाल संचालित विमानको तुलनामा प्रति सिटको मूल्य बढी लागत भए आम यात्रुले प्रयोग नगर्न सक्छन्। हाइपरसोनिक उडानमा सबैभन्दा ठूलो अवरोध भनेको अर्थतन्त्र हो।

हाइपरसोनिक क्षमतामा विश्वका कुनै पनि शक्तिशाली देश पछि पर्न चाहिरेका छैनन्। यो विषयमा पनि विभिन्न प्राविधिक चुनौती छन्।

पुँजीवादी विश्वमा पैसाको महत्व ठूलो रहेकाले विकसित देशमा सस्तो उडानको माग अत्यधिक छ। हाइपरसोनिक उडान व्यवसायिक बनाउन अन्य उडानभन्दा धेरै महंगो भयो भने हवाई यात्रु अन्य विकल्प प्रयोग गर्ने भएकाले निमार्णकर्ताको चिन्ता लागत मूल्य र उड्ययन खर्चमा केन्द्रित छ। अत्याधिक उच्च उत्सर्जन र उच्च इन्धन खपतले पनि समस्या हुन आउनसक्ने अनुमान गरिएको छ। अहिले प्रचलित विश्व अर्थतन्त्र, राजनीति र कानुन पनि हाइपरसोनिक उडान रोक्ने खालका छन् र यसलाई व्यवसायिक बनाउनुअघि ती सबै संशोधनको खाँचो छ।

(स्रोतः टाइम्स म्याग्जीन, बीबीसी र सीएनएनको सहयोगमा)

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : ३७ बजे

बीआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बीआरआई)मा

चिलिमेका तीन जलविद्युत आयोजना तयार, थपियो १६८ मेगावाट बिजुली

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल

एजेन्सी – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौं – चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चार महिनामा

इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं – इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन