रंगशालामै पुगेर खेल हेरेका खेलकुद मन्त्रीले खेलाडीलाई दिए बधाई, मुख्य प्रशिक्षकको प्रशंसा « Khabarhub

रंगशालामै पुगेर खेल हेरेका खेलकुद मन्त्रीले खेलाडीलाई दिए बधाई, मुख्य प्रशिक्षकको प्रशंसा


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई बधाई दिएका छन् ।

अफ्रिकी देश मरिसससँगको मैत्रिपूर्ण खेलमा दोस्रो जित हासिल गरेको नेपाली टिमलाई मन्त्री अथकले बधाई दिएका हुन् ।

दशरथ रंगशालामा मंगलबार बेलुका भएको दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोलले पराजित गरेको थियो । यसअघि गत शनिबार भएको पहिलो खेलमा समेत नेपाल बिजयी भएको थियो ।

अफ्रिकन देशसँग पहिलो पटक भएका दुबै मैत्रिपूर्ण खेल हेर्न मन्त्री अथक स्वयं रंगशालामा उपस्थित थिए। रंगशालामा उपस्थित भई प्रत्यक्ष खेल हेरेका मन्त्री अथकले नेपाली खेलाडीहरुको खेलबाट आफु प्रभावित भएको प्रतिक्रिया दिए ।

प्रतियोगिता समयभरी निकै उत्साहित देखिएका मन्त्री अथकले नेपाली खेलाडीहरुले स्तरीय खेल प्रदर्शन गरेको भन्दै खुसी समेत ब्यक्त गरेका छन्।

उनले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत प्रशंसा गरे । साथै पहिलो पटक मैत्रिपूर्ण खेलकालागि नेपाल आएको मरिससको टिमलाई पनि मन्त्री अथकले धन्यवाद दिए।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : १४ बजे

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)