शीतकालीन ओलिम्पिक्सको टर्च रिले सुरु « Khabarhub

शीतकालीन ओलिम्पिक्सको टर्च रिले सुरु



काठमाडौं–चीनको बेइजिङमा आयोजना हुने शीतकालीन ओलिम्पिक्सको टर्च रिले सुरु भएको छ । शुक्रबारबाट आयोजना हुने उद्घाटन समारोहमा हजारभन्दा बढी टर्चवाहकहरु बेइजिङ र जाङजियाकोउको विभिन्न प्रतियोगिता स्थलतर्फ प्रस्थान गर्नेछन् ।

चीनले कोभिड–१९ को संक्रमणलाई ख्याल गर्दै केवल सीमित दर्शकको उपस्थितिमा रिले सञ्चालन गर्ने भएकाले सर्वसाधारणलाई अनलाईनमार्फत नै रिले अवलोकन गर्न आग्रह गरेको छ । रिलेको पहिलो ३ धावकमा सन् १९६३ मा चीनमा आयोजना भएको पहिलो शीतकालीन ओलिम्पिक्सका विजेता ८० वर्षीय पूर्व स्केटर लुव जिनहान, अन्तरिक्ष यात्री जिन हाई पाङ र चेनआई वान उपग्रह डिजाइनर ई पेसन रहेको बेइजिङ डेलीले जनाएको छ ।

रिलेमा एनबीए खेलाडी र ओलिम्पियन याओ मिङ पनि उपस्थित हुनेछन् । माघ २१ बाट सुरु भई फाल्गुण ८ गतेसम्म आयोजना हुने प्रतियोगितामा खेलाडीलाई दर्शकको सम्पर्कभन्दा टाढा राख्ने र सीमित दर्शकको उपस्थितिमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । कोभिड–१९ को महामारीका कारण खेलाडीको छनोट प्रक्रिया सञ्चालन गर्न नसक्दा शीतकालीन ओलिम्पिक्समा नेपालको सहभागिता भने नहुने भएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : ३० बजे

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा

बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण, डिजिटल शिक्षामा नयाँ पहल

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको

रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा अत्यधिक

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा