भारतीय क्रिकेट टिमका ७ जनामा कोरोना पुष्टि « Khabarhub

भारतीय क्रिकेट टिमका ७ जनामा कोरोना पुष्टि


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय क्रिकेट टिमका ४ खेलाडीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय टोलीका ४ खेलाडीसहित सात जनामा संक्रमण देखिएको हो।

भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीमा समेटिएका खेलाडी र अफिसियलमा संक्रमण देखिएको हो।

क्रिकइन्फोका अनुसार शिखर धवन, श्रेयस आयर, रुतुराज गायकवाड र नभदिप सैनीलाई संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका खेलाडी र अफिसियल आइसोलेसनमा बसेको भारतीय मिडियाले जनाएका छन्। भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्नेछ।

एक दिवसीय सिरिज फेब्रुअरी ६ बाट सुरु हुनेछ भने टीट्वान्टी फेब्रुअरी १६ बाट हुनेछ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ६ : १३ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी