दुबई पुगेका १० नेपाली युवा अलपत्र « Khabarhub

दुबई पुगेका १० नेपाली युवा अलपत्र



दोहा– वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) को दुबई पुगेका १० नेपाली अलपत्र परेका छन् । उनीहरू जनवरी २९ तारिखमा दुबई पुगेका थिए ।

काठमाडौँको स्वीफ्ट एचआर सोलुसन प्रालि र प्रोफेक्ट रेक्रुटिङ्ग सर्भिसेस प्रालिमार्फत दुबई पुगेका उनीहरूलाई सम्झौता अनुसारको काम र पारिश्रमिक दिइएको छैन । खान बस्नसमेत नपाएर भोकै बस्नु परेको पीडितको गुनासो छ ।

आफूहरूले मेनपावर कम्पनीलाई प्रतिव्यक्ति एक लाख ४० हजारदेखि १ लाख ८४ हजारभन्दा बढी पैसा बुझाएर स्वीफ्ट एचआर सोलुसन र प्रफेक्ट रेक्रुटिङ्ग मेनपावर कम्पनीमार्फत दुबई आइपुगे पनि अलपत्र परेको उनीहरूले बताए । अहिले पीडित बनेको भन्दै उनीहरूले घर फर्कने वातावरण बनाइदिन माग गरेका छन् ।

नेपालबाट मेनपावर कम्पनीले दुबईमा रहेको कवाडर इन्टरनेशनल एम्प्लोइमेन्ट कम्पनी भनेर करार पत्रमा उल्लेख गरेको र अहिले यहाँ आएपछि आफूहरूलाई कामदार सप्लाई गर्ने रोयल कम्पनीमा पठाएपछि आफूहरू समस्यामा परेको पीडितमध्येका एक यज्ञबहादुर रानाले बताए ।

उनका अनुसार यसअघि पनि नेपाली कामदारलाई कम्पनीले दिनदिनै अलगअलग ठाँउमा काम गर्न पठाउने गरेको भएपनि अहिले बाहिर काम नहुँदा धेरै नेपाली कोठामै बस्न बाध्य भएका छन् ।

‘मेनपावर कम्पनी १ हजार २ सय दिराम र खाना कम्पनीले दिन्छ भनेको थियो, तर, यहाँ हामी आएको चार दिन भयो न कम्पनीले खानै दिएको छ न त बेड नै दिएको छ,’ यज्ञबहादुरले खबरहबसँग भने, ‘न यहाँ कम्पनीको मान्छे नै कोही आएको छ तीन दिन भयो खाना नखाएको सबै साथीहरूको रुवाबासी छ ।’

मेनपावर कम्पनीले १ हजार २ सय दिराम तलव हुने भनिएको भएता पनि उनीहरूले साइन गरेको अग्रीमेन्ट पेपरमा भने काम बिल्डिंग लेबर र तलव ८ सय दिराम तथा खाना भनिएको छ ।

‘पठाउने मेनपावर कम्पनीलाई पनि आफूहरू समस्यामा पारेको बारे जानकारी गराएको बताउँदै उनले कम्पनीले भने अनुसार गर्नू हामी मिलाउँछन् भन्ने गरेको बताए ।

उनले आफ्नो लगानी फिर्ता नभए पनि घर फर्कन पाउँ भन्दै अपिल गरेका छन् ।

दुबईमा अलपत्र परेका यज्ञबहादुर राना, भिमबहादुर बुढा, नबिन राना, बिनोद सुनार, ओसबहादुर बिक, बिसन कुमार महतो, धने दमाई, टेकमान ओली, शन्तबहादुर गुरुङ लगायतले स्वदेश फर्कने वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

यता, उनीहरूलाई पठाउने मेनपावरले भने उनीहरू समस्या परेको तथा खान नपाएको भन्ने जानकारी आएकाले त्यसलाई चाँडै व्यवस्थापन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ८ : १५ बजे

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका