सन्धिखर्क खानेपानीले घटायो न्यूनतम महसुल | Khabarhub Khabarhub

सन्धिखर्क खानेपानीले घटायो न्यूनतम महसुल


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– सन्धिखर्कमा खानेपानीको न्यूनतम महसुल घटाइएको छ । सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाले साबिकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम शुल्क १५० कायम गरेको हो ।

२०० रुपियाँ न्यूनतम महसुल लिइरहेको संस्थाले फागुन १ बाट लागू हुनेगरी मुल्य घटाइएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए ।

माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो । बैठकले संस्थाको पाचौं अधिवेशन यही चैत्र १२ गते गर्ने निर्णय समेत लिएको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

संस्थाले सदरमुकाम सन्धिखर्कका १ हजार ८ सय ४१ घरपरिवारमा पिउने पानी उपलब्ध गराउँदै आएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा खानेपानी उपलब्ध गराउने यो एकमात्र संस्था हो ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ७ : १९ बजे

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

स्याङ्जा– स्याङ्जाका दुई दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन्

कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको

जो बने संसारकै आदर्श पुरुष

औपचारिक परिचय दक्षिण अफ्रिकाको पहिलो जननिर्वाचित राष्ट्रपति हो। तीनै नेल्सन