विवाह गर्न चाहनेलाई वसन्त पञ्चमीको दिनभर शुभ मुहूर्त « Khabarhub

विवाह गर्न चाहनेलाई वसन्त पञ्चमीको दिनभर शुभ मुहूर्त


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वसन्त पञ्चमीबाट वसन्त ऋतुको आगमन हुन्छ । यस दिन विद्याकी देवी सरस्वतीको आराधनाका साथै कामदेवको पनि पूजा गरिन्छ । यस अलावा वसन्त पञ्चमीमा विवाह गर्नु पनि शुभ मानिन्छ । मान्यता अनुसार यस विवाहका लागि अबुझ मुहूर्त रहन्छ ।

ज्योतिष शास्त्र अनुसार वसन्त पञ्चमीको दिनभर दोषरहित विवाहको श्रेष्ठ योग रहन्छ । यस अलावा आइतबार परेको वसन्त पञ्चमीको योग अति शुभ संयोग मानिन्छ । शास्त्र अनुसार वसन्त पञ्चमीका दिन भगवान् शिव र माता पार्वतीको तिलकोत्सव भएको थियो । यस दृष्टिले पनि वसन्त पञ्चमी विवाहका लागि शुभ दिन मानिन्छ ।

यस्ता व्यक्तिले वसन्त पञ्चमीका दिनमा विवाह गर्न सक्छन् :

– वसन्त पञ्चमीमा ती व्यक्तिले विवाह गर्न सक्छन्, जसको विवाहमा लगातार अड्चन आएको हुन्छ ।

– विवाहका लागि वर र वधू पक्ष राजी भएर पनि गुण मिलान भएको छैन भने यस्ता व्यक्तिले पनि वसन्त पञ्चमीमा विवाह गर्न सक्छन् ।

– विवाहका लागि सबै तय भएर पनि शुभ मुहूर्त नभएको अवस्थामा पनि वसन्त पञ्चमीका दिन विवाह गर्न सकिने मान्यता छ ।

– तुरुन्तै विवाह गर्न चाहनेका लागि वसन्त पञ्चमी उत्तम दिन मानिन्छ ।

वसन्त पञ्चमीमा अरु के गर्नु शुभ मानिन्छ ?

हुन त वसन्त पञ्चमीमा विद्या र बुद्धिकी देवी सरस्वती र कामदेवको पूजा गरिन्छ । साथै यस दिन विवाहका अलावा गृह प्रवेश, नयाँ जागिरको सुरुवात, कुनै नयाँ कामको सुरुआत, भूमि पूजन, छेवर लगायतका शुभ कार्य गर्न सकिने मान्यता छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ५ : ५२ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक