सीएमसीबाट पीडित ठेकेदारको रकम भुक्तानी गर्न नसकिने « Khabarhub

सीएमसीबाट पीडित ठेकेदारको रकम भुक्तानी गर्न नसकिने


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले तत्काल पीडित निर्माण व्यवसायीहरुको भुक्तानी गर्न नसकिने बताएको छ ।

सिएमसी कम्पनीबाट पीडित निर्माण व्यवसायीहरुले आफ्नो डुबेको अरबौंको रकम तत्काल उपलब्ध गराउन सरकारलाई दवाव दिइरहेका बेला मेलम्ची खानेपानी विकास समितिले तत्काल भुक्तानी गर्न नसकिने प्रष्टयाएको हो । समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले शुक्रबार काठमाडौंका पीडित पक्षसँगको अन्तरक्रियामा कानूनी बाटो नभएका कारण तत्काल सो भुक्तानी दिन सकिने अवस्था नरहेको स्पष्ट पारे ।

उनले समिति पीडितको मागलाई सम्बोधन गर्न प्रतिवद्ध रहेको तर त्यसका लागि कानुनी बाटोको खोजीमा रहेको बताए । कार्यकारी निर्देशक कँडेलले सो आयोजनामा संलग्न स्वदेशी निर्माण व्यवसायीहरुको भुक्तानीको एकीन गर्न अध्ययन गर्न समिति गठन गर्ने तयारीमा जुटेको पनि जानकारी दिए ।

आयोजनाको बोर्डले अध्ययन समिति बनाएर पीडित पक्षको भुक्तानीका लागि अध्ययन गर्ने निर्णय गरेर आवश्यक निर्णयका लागि खानेपानी मन्त्रालयमा पठाइएको पनि समितिले जनाएको छ ।

पीडित निर्माण व्यवसायीहरुले आफूहरुको करिव डेढ अरव भुक्तानी सिएमसी कम्पनीले दिन बाँकि रहेको दावी गर्दै उपलब्ध गराई दिन सरकारसँग माग गर्दै आएका छन् ।

समितिका कार्यकारी निर्देशक कँडेलले त्यसैको एकीन गर्न पनि अध्ययन समितिले  सिएमसी कम्पनीसँग करिव २ अरव ६१ करोड रुपैयाँ जफत गरेको उल्लेख गर्दै सो पैसाबाट पीडित पक्षलाई भुक्तानी गर्ने तयारी गरिएको जनाए । तर त्यसका लागि कानुनी बाटो नभएको समितिका कार्यकारी निर्देशक कँडेलले बताए ।

यता, पीडित निर्माण व्यवसायीहरुले भने सिएमसी कम्पनीले आफूहरुलाई ठूलो पीडा दिएको उल्लेख गर्दै तत्काल भुक्तानी दिने व्यवस्था गरिदिन सरकारलाई दवाव दिएका थिए । आफूहरुको बेहाल बनाउने काम सिएमसी कम्पनीले गरेको उल्लेख गर्दै निर्माण व्यवसायी किरण थापाले सो कम्पनीसँग जफत गरिएको रकमबाट भुक्तानी उपलब्ध गराउन सरकारलाई दवाव दिए ।

कार्यक्रममा बोल्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पीडित पक्षलाई भुक्तानीको व्यवस्था गर्न ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ३ : ४८ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र