प्रदेश–१ मा ३३७ मा कोरोना सङ्क्रमण « Khabarhub

प्रदेश–१ मा ३३७ मा कोरोना सङ्क्रमण


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश–१ मा पछिल्लो २४ घण्टामा ३३७ मा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७२४को पीसीआर परीक्षण गर्दा २२१ र ४९४ को एन्टिजेन परीक्षण गर्दा ११६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा सात, धनकुटामा दुई, सङ्खुवासभा, पाँचथर, भोजपुर र खोटाङमा एक/एक र प्रदेश बाहिरका १८ मा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७५, सुन्दरहरैचामा आठ, बुढीगङ्गामा पाँच, उर्लाबारीमा चार, पथरीशनिश्चरे, बेलबारी र रतुवामाईमा तीन/तीन, लेटाङ, कानेपोखरी र स्थानीय तह नखुलेका दुई/दुई, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा एक/एक, सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा चार, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवीमा तीन/तीन, हरिनगर, गढी र देवानगञ्जमा एक/एक र स्थानीय तह नखुलेका दुई/दुई जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार झापाको भद्रपुरमा पाँच, अर्जुनधारामा चार, बाहृदशी, विर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा तीन/तीन, शिवसताक्षी र कनकाईमा दुई/दई, कचनकवल, गौरादह र झापा गाउँपालिकामा एक/एक, उदयपुरको चौदण्डीगढीमा दुई, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका र स्थानीय तह नखुलेका एक/एक, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा दुई/दुई, संखुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा एक/एक र प्रदेश बाहिरका १८ जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेशमा आज ३७३ महिलासहित ८४६ कोरोना सङ्क्रणबाट मुक्त भएका छन् । यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीन जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : ३० बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत