प्रदेश–१ मा ३३७ मा कोरोना सङ्क्रमण « Khabarhub

प्रदेश–१ मा ३३७ मा कोरोना सङ्क्रमण


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश–१ मा पछिल्लो २४ घण्टामा ३३७ मा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७२४को पीसीआर परीक्षण गर्दा २२१ र ४९४ को एन्टिजेन परीक्षण गर्दा ११६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा सात, धनकुटामा दुई, सङ्खुवासभा, पाँचथर, भोजपुर र खोटाङमा एक/एक र प्रदेश बाहिरका १८ मा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७५, सुन्दरहरैचामा आठ, बुढीगङ्गामा पाँच, उर्लाबारीमा चार, पथरीशनिश्चरे, बेलबारी र रतुवामाईमा तीन/तीन, लेटाङ, कानेपोखरी र स्थानीय तह नखुलेका दुई/दुई, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा एक/एक, सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा चार, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवीमा तीन/तीन, हरिनगर, गढी र देवानगञ्जमा एक/एक र स्थानीय तह नखुलेका दुई/दुई जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार झापाको भद्रपुरमा पाँच, अर्जुनधारामा चार, बाहृदशी, विर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा तीन/तीन, शिवसताक्षी र कनकाईमा दुई/दई, कचनकवल, गौरादह र झापा गाउँपालिकामा एक/एक, उदयपुरको चौदण्डीगढीमा दुई, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका र स्थानीय तह नखुलेका एक/एक, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा दुई/दुई, संखुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा एक/एक र प्रदेश बाहिरका १८ जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेशमा आज ३७३ महिलासहित ८४६ कोरोना सङ्क्रणबाट मुक्त भएका छन् । यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीन जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : ३० बजे

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा