वर्षा र हिमपातसँगै चिसो बढ्यो : कहाँ कति पानी पर्‍यो ? | Khabarhub Khabarhub

वर्षा र हिमपातसँगै चिसो बढ्यो : कहाँ कति पानी पर्‍यो ?

डडेलधुराको अधिकतम तापक्रम ०.८ डिग्री


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षा र हिमपात भएसँगै देशभर चिसो बढेको छ। वर्षा र हिमपात भएपछि देशभर न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हिजो डडेलधुराको अधिकतम तापक्रम नै ०.८ डिग्री सेल्सियसमा झरेको छ। त्यहाँको न्यूनतम तापक्रम माइनस ०.६ डिगी सेल्सियस मापन गरिएको छ। हिजो २७ दशमलव ४ मिलिमिटर पानी परेको छ।

यस्तै जुम्लाको अधिकतम तापक्रम २.२ डिग्री र न्यूनतम तापक्रम माइनस १.० डिग्री मापन गरिएको छ। जुम्लामा ५०.७ मिलिमिटर पानी परेको छ। यसैगरी लुम्लेको अधिकतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन हुँदा न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ।

देशका अधिकाशं स्थानको न्यूनतम तापक्रम १४ डिग्रीभन्दा कम मापन गरिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो सबैभन्दा धेरै नेपालगन्जमा ६४.८ मिलिमिटर पानी परेको छ।

यस्तै विरेन्द्रनगरमा ५२.२ मिलिमिटर, जुम्लामा ५०.७ मिलिमिटर, दिपायलमा ४८.६ मिलिमिटर र काठमाडौंमा ४१.९ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि वर्षा र हिमपात हुने भएकाले चिसो अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार बिहीबार रातिदेखि वर्षा र हिमपात गराएको प्रणाली कमजोर हुँदै गएकाले शनिबार बेलुकीदेखि भने पानी र हिउँ पर्न कम हुँदै जाने सम्भावना छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ०० बजे

आज २०८२ साल साउन ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ४ गते आइतबार। साउन

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी