व्यास नगरपालिकाको ३६ औँ नगर सभाद्वारा चार विधेयक पारित | Khabarhub Khabarhub

व्यास नगरपालिकाको ३६ औँ नगर सभाद्वारा चार विधेयक पारित


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिकाको शुक्रबार सम्पन्न ३६ औँ नगर सभाले चार विधेयक र तीन संशोधन ऐन पारित गरेको छ ।

स्थानीय बजार व्यवस्थापन विधेयक २०७८, व्यास नगरपालिका सुशासन विधेयक २०७८, खेलकुद विकास विधेयक, २०७८ र कर्मचारी कल्याण कोष सञ्चालन(कार्यविधि) विधेयक २०७८(पारित) गरेको हो ।

त्यसैगरी, आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८(संशोधन) गरेको छ। आ.व २०७८-०७९ को लागि ३५ औँ नगर सभामा नगर प्रमुख बैकुण्ठ न्यौपानेबाट प्रस्तुत नीति तथा कार्यक्रम र समिक्षात्मक प्रतिवेदन संशोधन सहित पारित गरेको छ ।

आव २०७८-०७९ का लागि उपप्रमुख मीरा जोशीबाट प्रस्तुत एक अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको संशोधित वजेट तथा कार्यक्रम संशोधन सहित पारित गरिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १२ : २५ बजे

मनाङमा ३७ हजार विदेशी पर्यटक भित्रिए

मनाङ– हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ

भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए 

चितवन– भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१/८२ मा तीन

लुम्बिनी प्रदेश : गत आवमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

लुम्बिनी– लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६

सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

इनरुवा– सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना

अध्यागमन कार्यालयमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

काठमाडौं– अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास