चुनौती स्वीकार : एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

चुनौती स्वीकार : एक प्रेरक प्रसङ्ग


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्ल लीनियस जन्तु तथा बिरुवाको वर्गीकरण एवं नवीन नामाकरणको पद्धतिको जनक मानिन्छन् । उनको जीवनमा ठूलो उतारचढाव आयो । आफ्नो युवाकालमा उनले एक प्रसिद्ध डाक्टर मेरियसकी छोरीसँग विवाहको प्रस्ताव गरे ।

मेरियसले त्यो प्रस्ताव अस्वीकार गरिन् किनकि कर्ल लिनियस न त कुनै नोकरी या व्यवसाय गर्थे न उनलाई कुनै उपाधि प्राप्त थियो । कार्ल लिनियसले यो चुनौती सहर्ष स्वीकार गरे ।

कार्ल लिनियसले आफ्नो लुकेको वैज्ञानिक प्रतिभालाई जागृत एवं विकसित गर्नको लागि प्रयास आरम्भ गरे । उनलाई प्रकृति र रुखविरुवाको अध्ययनमा विशेष रुचि थियो । उनले एउटा विश्वविद्यालयमा पढाई सुरु गरे । उनीसँग धनको कमी थियो । यहाँसम्म कि मैनबत्ती किन्नको लागि समेत पैसा थिएन । उनी विद्यार्थी जीवनमा सडक बत्तीको उज्यालोमा पढ्थे।

रुख बिरुवाको वर्गीकरणमा रुचि हुनाको कारणले उनी एक वनस्पति वैज्ञानिकसँग परिचित भए जो उनको सङ्ग्रहबाट धेरै प्रभावित भए ।

उनले काम अगाडि बढाउने अवसर पाए । त्यसैले कार्ल लीनियसले द्विनाम पद्धति प्रस्तुत गरे तथा चिकित्सा विज्ञानमा पनि उपाधि प्राप्त गरे । विश्वमा ख्याति सराहना एवं सम्मानले उनले राम्रो तलब आउने पद पनि पाए । फेरि मेरियसले उनलाई स्विडेन आमन्त्रित गरेर आफ्नी छोरी सेरालिजाको विवाह उनीसँग गरिदिए ।

कार्ल लीनियसद्वारा गरिएको बोटविरुवाको वर्गीकरण र नामाकरणको पद्धतिलाई जीव विज्ञानमा आधार मानेर अहिले पनि अनुशरण गरिन्छ ।
साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : ०३ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा