चुनौती स्वीकार : एक प्रेरक प्रसङ्ग « Khabarhub

चुनौती स्वीकार : एक प्रेरक प्रसङ्ग


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्ल लीनियस जन्तु तथा बिरुवाको वर्गीकरण एवं नवीन नामाकरणको पद्धतिको जनक मानिन्छन् । उनको जीवनमा ठूलो उतारचढाव आयो । आफ्नो युवाकालमा उनले एक प्रसिद्ध डाक्टर मेरियसकी छोरीसँग विवाहको प्रस्ताव गरे ।

मेरियसले त्यो प्रस्ताव अस्वीकार गरिन् किनकि कर्ल लिनियस न त कुनै नोकरी या व्यवसाय गर्थे न उनलाई कुनै उपाधि प्राप्त थियो । कार्ल लिनियसले यो चुनौती सहर्ष स्वीकार गरे ।

कार्ल लिनियसले आफ्नो लुकेको वैज्ञानिक प्रतिभालाई जागृत एवं विकसित गर्नको लागि प्रयास आरम्भ गरे । उनलाई प्रकृति र रुखविरुवाको अध्ययनमा विशेष रुचि थियो । उनले एउटा विश्वविद्यालयमा पढाई सुरु गरे । उनीसँग धनको कमी थियो । यहाँसम्म कि मैनबत्ती किन्नको लागि समेत पैसा थिएन । उनी विद्यार्थी जीवनमा सडक बत्तीको उज्यालोमा पढ्थे।

रुख बिरुवाको वर्गीकरणमा रुचि हुनाको कारणले उनी एक वनस्पति वैज्ञानिकसँग परिचित भए जो उनको सङ्ग्रहबाट धेरै प्रभावित भए ।

उनले काम अगाडि बढाउने अवसर पाए । त्यसैले कार्ल लीनियसले द्विनाम पद्धति प्रस्तुत गरे तथा चिकित्सा विज्ञानमा पनि उपाधि प्राप्त गरे । विश्वमा ख्याति सराहना एवं सम्मानले उनले राम्रो तलब आउने पद पनि पाए । फेरि मेरियसले उनलाई स्विडेन आमन्त्रित गरेर आफ्नी छोरी सेरालिजाको विवाह उनीसँग गरिदिए ।

कार्ल लीनियसद्वारा गरिएको बोटविरुवाको वर्गीकरण र नामाकरणको पद्धतिलाई जीव विज्ञानमा आधार मानेर अहिले पनि अनुशरण गरिन्छ ।
साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : ०३ बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक