प्रधानमन्त्री ओली स्वदेश फिर्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भई स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

बिहीबार मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे । त्यस अवसर प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु अघि शुक्रबार विहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता पनि गरेका थिए । मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित विमस्टेक सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : १७ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण