मधेश प्रदेशमा कृष्णबहादुर राउतलाई प्रमुख सचिवको जिम्मेवारी « Khabarhub

मधेश प्रदेशमा कृष्णबहादुर राउतलाई प्रमुख सचिवको जिम्मेवारी


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– संघ सरकारले मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारी कृष्णबहादुर राउतलाई दिएको छ ।

शनिबार मुख्यमन्त्री लालबाबु राउतले प्रमुख सचिव राउतलाई स्वागत गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय करिब एक महिनादेखि प्रमुख सचिवविहीन बनेको थियो । यसअघि, हरिप्रसाद मैनालीले प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।

मधेश प्रदेशमा प्रमुख सचिवसहित १८ सचिवको दरबन्दी रहेकामा अहिले ८ सचिव मात्र कार्यरत छन् । प्रमुख सचिवको अभावमा मन्त्रिपरिषद् बैठक, आर्थिक कार्य, अनुगमन, कर्मचारी सरुवा, राहत वितरणलगायत कामहरू प्रभावित हुने गरेका थिए ।

प्रदेश सरकार स्थापना भएको ४ वर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्रै ६ सचिवको सरुवा भइसकेको छ । यस कार्यालयमा हालसम्म प्रमुख सचिवका रूपमा राजेश्वरमान सिंह, दीपक सुवेदी, रामकृष्ण सुवेदी, अर्जुन पोखरेल, गोकर्णमणि दवाडी र हरिप्रसाद मैनाली कार्यभार सम्हालेर सरुवा भइसकेका छन् । यिनीहरूमध्ये राजेश्वरमान सिंह र दीपक सुवेदी मात्रै एक वर्षसम्म मुख्यमन्त्री कार्यालयमा बसे । बाँकी सचिव ६ देखि ७ महिनामै सरुवा भएका थिए ।

संघ सरकारले थोरै समयमा सचिवहरू सरुवा गर्ने गरेकाले प्रदेश सरकारले सोचअनुसार काम गर्न नपाएको आरोप मुख्ममन्त्री तथा मन्त्रीहरूले लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ३ : ०० बजे

एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : पाँच वर्षमा ७० प्रतिशत काम सम्पन्न

म्याग्दी– म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई

‘मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ’

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी

एमाले महासचिवमा दोस्रो पटक शंकर पोखरेलले मारे बाजी

काठमाडौं-नेकपा एमालेको महासचिवमा शंकर पोखरेल दोस्रो पटक विजयी भएका छन्

निर्वाचन सफल बनाउन सरकारले काम गरिरहेको छ : सञ्चार खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई सफल