हिउँ पन्छाएपछि हवाई सेवा सुचारु (फोटोफिचर) | Khabarhub Khabarhub

हिउँ पन्छाएपछि हवाई सेवा सुचारु (फोटोफिचर)


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु भएको छ । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चन्दननाथ नगरपालिका, सडक डिभिजन कार्यालयलगायतको टोलीले धावनमार्गको हिउँ पन्छाएको छ । हिउँ पन्छाएसँग दुई वटा हवाइजहाजले उडान भरेका छन् ।

धावनमार्गमा हिउँ हटाएपछि आजैदेखि हवाई सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘धावनमार्गमा झण्डै एक फिट हिउँ जमेको थियो ।’

हिउँ पन्छ्याउनका लागि नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी बलका एसपी चित्राङगत दाहाल, नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्द, राष्ट्रिय प्रहरी अनुसन्धानका डिएसपी राजकुमार न्यौपानेले टोली लिएर बिहानै धावनमार्गमा पुगेका थिए ।

यसअघिका वर्षमा हिउँ परे पनि यो वर्ष विमानस्थलमा सबैभन्दा बाक्लो हिउँ जमेको थियो । यसअघिका वर्षमा एकै दिनमा हिउँ बिलाएर धावनमार्ग सुक्ने गरेकोमा यस वर्ष ठूलो जनशक्तिले हिउ पन्छ्याउनु परेको बताइएको छ । बाक्लो हिमपातका कारण तीन दिनदेखि हवाई उडान प्रभावित बनेको थियो ।

जुम्लामा लामो समयपछि ठूलो हिमपात भएको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले बताइन् । हिउँ पन्छाउन नगरपालिकाले डोजर, जिप र ट्याक्टर लिएको थियो ।

नेपाली सेनाले ट्रक, भ्यान, सशस्त्र प्रहरीले भ्यान र जिल्ला प्रशासन कार्यालयको गाडी लिइएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : २८ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मकवानपुर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरी बस्ने

खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री चौधरी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद

कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ गठन

काठमाडौं- नेपालभरका कोरियन भाषा प्रशिक्षण केन्द्रहरूलाई एकीकृत गर्दै ‘कोरियन भाषा

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने