हत्या गरिएका दिलिप महतोलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न दबाब « Khabarhub

हत्या गरिएका दिलिप महतोलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न दबाब


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– क्रसर माफियाविरुद्ध आवाज उठाउँदा हत्या गरिएका पर्यावरण अभियानी दिलिप महतोलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न युवाहरूले दबाब दिएका छन् ।

युवाहरूको समूह युथ एसोसिएसन अफ नेपालले महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ज्ञापनपत्र बुझाएको हो । एसोसिएसनका प्रवक्ता राजुकुमार महतो नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई ज्ञापन पत्र बुझाएको छ । क्रसर माफियाविरुद्ध बोल्दा दिलिपको हत्या गरिएको थियो ।

उनीहरूले घटनाको छानबिन केन्द्रीय स्तरबाट गराई दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले महतोलाई पर्यावरण शहीद घोषणा गराउन आफूले पहल गर्ने आश्वासन दिए । यसअघि संघीय सरकारका वन तथा वातावरणमन्त्री रामसहाय यादवलाई ज्ञापनपत्र बुझाइएको थियो ।

वातावरणको दोहन गर्नेविरुद्ध आवाज उठाउने धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो ‘दिलिप’ को हत्या भएको थियो । २०७६ पुस २५ औरही खोलामा भइरहेको अबैध दोहन रोक्न पुगेका महतोको हत्या गरिएको थियो । उक्त घटनामा संलग्नहरूमाथि मुद्दा चलाएको छ । तीन जनालाई भने घरौटीमा छाडिएको छ ।

 

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : २९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्